हलिउडका सुपरस्टार टम क्रुज चाँडै नै आफ्नो अर्को फिल्म ‘मिशनः इम्पोसिबल – डेड रेकनिङ पार्ट वान’ लिएर हलिउडमा आउने भएका छन् । टम क्रुज उत्कृष्ट फिल्म र अभिनयका साथै उत्कृष्ट एक्सनका लागि पनि विश्वभर परिचित छन् ।
अभिनेताहरूले प्रायः आफ्नो फिल्मका लागि केही खास गर्छन्, जुन आम मानिसले कल्पना पनि गर्न सक्दैन । हालै फेरि यस्तै केही देख्न पाइयो ।
टम क्रुजले आफ्नो आगामी फिल्मका लागि अहिलेसम्मकै सबैभन्दा खतरनाक स्टन्ट गरेका छन् । यस्तो स्टन्ट जुन हेर्न वा गर्न त टाढाको कुरा हो, जसको बारेमा सोचेर कसैको पनि खुट्टामुनिबाट जमीन खस्न सक्छ । यससँग सम्बन्धित एउटा भिडियो पनि सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ ।
केही सेकेन्डको यो क्लिप कसैको पनि होश उडाउन पर्याप्त छ । सबैभन्दा अचम्मको कुरा यो छ कि टम क्रुजले एकै समयमा यो स्टन्ट एकपटक मात्र होइन, ६/६ पटक गरे । भिडियोमा स्पष्ट देख्न सकिन्छ कि कसरी उनले पहिले फुल स्पीडमा बाइक चलाएर पहाड चढ्छन् र त्यसपछि कुनै स्टन्टम्यानको मदतविना हाम फाल्छन् ।
यद्यपि टम क्रुजले केबलको सहयोगमा यो स्टन्ट रहेका हुन्, तर यसमा संलग्न खतरा भिडियोमा प्रस्ट हेर्न सकिन्छ । मिडिया रिपोर्टका अनुसार टमले यो स्टन्टको तयारीका लागि बेस जम्पिङ र क्यानोपी ट्रेनिङ लिएका थिए । उनको यो खतरनाक स्टन्ट हेरेर फ्यानहरू फेरि एकपटक टप क्रुजको प्रशंसा गर्न बाध्य भएका छन् ।