प्रस, वीरगंज, ३ चैत/

ज्येष्ठ नागरिक सङ्घ, पर्साले शुक्रवार ज्येष्ठ नागरिक पार्क, लक्ष्मणवामा ज्येष्ठ नागरिकसम्बन्धी अन्तक्र्रिया कार्यक्रम सम्पन्न गरेको छ । ज्येष्ठ नागरिक सङ्घ, पर्साले प्रत्येक महीनाको पहिलो शुक्रवार ज्येष्ठ नागरिकहरूका लागि स्वास्थ्य परामर्श सेवा तथा अन्यान्य कार्यक्रमहरू गर्दै आएको छ ।

सोही कार्यक्रम अन्तर्गत आज ‘वृद्धावस्था : विचार र विमर्श’ विषयमा प्राडा वासुदेवलाल दासले आफ्नो कार्यपत्र प्रस्तुत गरेका थिए । उनले वृद्धावस्थाको मनोस्थिति, समाजमा हिजो र आज ज्येष्ठ नागरिकप्रति गरिने व्यवहारबारे विशद् विचार प्रस्तुत गरेका थिए । परम्परागत समाजमा ज्येष्ठ नागरिकलाई हेर्ने दृष्टिकोण सदाशयता तथा आदरयुक्त थियो भने आज आजीविकाका लागि दौडधूप चलिरहेको समयमा चाहेर पनि सन्तानले आफ्ना ज्येष्ठ अभिभावकको उपयुक्त हेरचाह गर्न नसकेको अवस्था एकातिर छ, जसले गर्दा वृद्धाश्रमको अवधारणा मौलाइरहेको बताउँदै, केही मुद्दामा पुस्तान्तरण नै दोषयुक्त हुँदै गएको बताएका थिए ।

हिजोका आवश्यकता र आजको आवश्यकताले पुस्ता–पुस्ताबीच असमझदारी पनि बढ्दै गएकाले यसको समाधान सबै पुस्ता मिली गर्नुपर्ने बताएका थिए । कार्यक्रममा सहभागी ज्येष्ठ नागरिकहरूले विभिन्न जिज्ञासा प्रकट गरेका थिए ।

कार्यक्रम ठीक ९ बजे निर्धारित समयमा आरम्भ भएर एक घण्टाको अन्तरालपछि सम्पन्न भएको थियो । वीरगंजमा ज्येष्ठ नागरिक सङ्घले आयोजना गर्ने कार्यक्रमहरू समयमा शुरू हुने मानक स्थापित भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here