रामेश्वर मेहता, सिम्रौनगढ, ३ चैत/

सिम्रौनगढ नगरपालिकासँग जोडिएका भारतीय सीमावर्ती शहर घोडासहनका खुर्सानीका थोक व्यवसायी सोमनाथ साहको हिजो बेलुकी गोली प्रहार गरी हत्या गरिएको छ ।

सदाझैं पसल बन्द गरेर घर जाने क्रममा हिजो साँझ साढे ६ बजेतिर सीताराम भगतको मन्दिरनजीक अज्ञात समूहले व्यवसायी साहमाथि गोली प्रहार गरेर घाइते बनाएका थिए ।

गोली प्रहारबाट घाइते साहलाई उपचारका लागि मोतिहारी अस्पताल लाने क्रममा बाटोमा मृत्यु भएको थियो ।

पसलबाट तीन लाख रुपैयाँ लिएर घरतर्फ गइरहेको साहलाई लुटेरा समूहले पिछा गरेको र अवसर ताकेर गोली हानी रकम लुटेर भागेको प्रारम्भिक अनुसन्धानबाट खुलेको भारतीय प्रहरीले जनाएको छ । अपराधीहरूको खोजी कार्य भइरहेको प्रहरीले जानकारी गराएको छ । घटनाको विरोधमा शुक्रवार घोडासहनका व्यापारीहरूले पसल बन्द गरी साहको शवलाई सडकमा राखेर आन्दोलन गरेका थिए । सडक अवरोध गरी आन्दोलनकारी व्यापारीहरूले प्रहरी प्रशासनविरुद्ध नाराबाजी गर्दै हत्यारा पत्ता लगाउनुपर्ने, कानूनी कारबाई हुनुपर्ने माग राखेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here