प्रस, वीरगंज, २ चैत/

वीरगंज उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष ओमप्रकाश रूँगटाको ८८ वर्षको उमेरमा बिहीवार दिउँसो निधन भएको छ ।

वीरगंजस्थित नारायणी वयोधा अस्पतालमा आज दिउँसो १ बजे रूँगटाको निधन भएको पारिवारिक स्रोतबाट थाहा भएको छ । विगत पाँच दिनदेखि मुटु, फोक्सो र उच्च रक्तचापबाट पीडित रूँगटालाई अस्पतालमा भर्ना गरिएको र आज निधन भएको बताइएको छ । रूँगटा शुरूमा वन कार्यालयमा अधिकृत थिए पछि उनले नोकरी छाडेर आदर्शनगरमा विशाल हार्डवेयर सञ्चालन गरेर व्यवसाय शुरू गरेका थिए । वीरगंज उद्योग वाणिज्य सङ्घमा एक कार्यकाल अध्यक्ष भएका रूङ्गटा केही वर्षअघि हृदयघात भएर थलिएका थिए । उनको अन्तिम संस्कार आजै अशोकवाटिकास्थित आर्यघाटमा गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here