प्रस, वीरगंज, २१ फागुन/
काठमाडौं, पेप्सिकोलास्थित बालवाटिका स्कूलले शनिवार १२औं अभिभावक दिवस मनाएको छ ।
कार्यक्रममा प्रमुख अतिथि कामपा–३२ का अध्यक्ष नवराज पराजुलीले नेपालमा निजी क्षेत्रका विद्यालयले विद्यार्थीको शैक्षिक गुणस्तरमा ठूलो योगदान पुर्याउन मदत गरेको बताए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं प्रतीक दैनिकका व्यवस्थापक/सम्पादक विकाश शर्माको अध्यक्षतामा भएको कार्यक्रममा कामपा शिक्षा विभागका विद्यालय निरीक्षकलगायत सिनामङ्गल समाजकी उपाध्यक्ष उर्मिला कँडेल, कार्यकारी सदस्य देवेन्द्र बर्ताैला, लाइफ ओके टिभी, टिभी टुडेका सञ्चारकर्मी, अभिभावक, विद्यार्थीहरूको सहभागिता थियो । कार्यक्रममा कक्षा १ देखि ११ सम्मका बालबालिकाले योग, गीत, सङ्गीत, नृत्य, कराँते, नाटकलगायत कार्यक्रम प्रस्तुत गरेका थिए ।