प्रस, वीरगंज, १७ फागुन/

डिभिजन वन कार्यालय, रौतहटले सालको गोलिया लोड जीप नियन्त्रणमा लिन सफल भएको छ ।

जङ्गलसैयाबाट दक्षिणतर्फ जाँदै गरेको ना.४च १२७० नम्बरको जीपलाई शङ्का लागेर सशस्त्र वनरक्षकको टोलीले पछ्याउने क्रममा भाग्दै गर्दा पल्टिएको अवस्थामा बुधवार राति करीब ३ बजे फेला पारेको हो । वन कर्मचारीले पछ्याएको थाहा पाएसँगै गुडिरहेको जीपलाई छोडेर चालक र अन्य काठ तस्कर समूह भागेको घटनास्थल पुगेका वन सुरक्षाकर्मीहरूको अनुमान छ ।

गोलिया लोड जीपलाई रौतहटको गुजरा नगरपालिका–४ कनकपुर सिम्री बस्तीमा पल्टिएको अवस्थामा फेला पार्न सफल भएको डिभिजनल वन अधिकृत सुनीलकुमार कर्णले बताए । चलिरहेकै अवस्थामा चालकले जीप छोड्दा पल्टिएर केही घरका पालीहरूमा सामान्य क्षतिसमेत भएको उनले जानकारी दिए । सो जीपमा रहेका नौ थान सालका गोलियाको परिमाण १०९.७७ क्यूफिट रहेको डिवका, रौतहटले जनाएको छ । उक्त गोलियाको हाल बजार मूल्य लगभग पाँच लाख रहेको छ ।

निजगढ नपा–१ सिगौल कछडिया टोल र रौतहटका काठ तस्कर समूहले उक्त गोलिया रौतहट इँटाभट्टामा बिक्री गर्न लगिएको हुन सक्ने अनुमान छ । उक्त पल्टिएको जीपलाई उठाइ छरिएका गोलियालाई रौतहट वन कार्यालयले वन कार्यालय परिसरमा ल्याइ सुरक्षित पारिसकेको जनाउँदै घटनाको अनुसन्धानका लागि डिवका, रौतहटले अनुसन्धान अधिकृत तोकी अनुसन्धान शुरू गरेको जनाएको छ । रातको समयमा उक्त घटना भएकोले मानवीय क्षति भने नभएको वन कार्यालय, रौतहटले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here