प्रस, वीरगंज, ३ फागुन/
सतलोक आश्रम धनुषामा बुधवारदेखि तीन दिवसीय अखण्ड पाठ तथा विशाल भण्डारा शुरू भएको छ । जगत्गुरु तत्वदर्शी सन्त रामपालजी महाराजको बोध दिवसको उपलक्ष्यमा फागुन ३ देखि ५ गतेसम्म हुने अखण्ड पाठ र विशाल भण्डारा शुरू भएको हो ।
कार्यक्रममा मधेस प्रदेशका सभामुख, गृहमन्त्रीलगायत सहभागी हुँदै विभिन्न धर्म सम्प्रदायका व्यक्ति भए पनि कुनै किसिमको विभेद, असमानता नदेखिएको र आपसी सद्भाव, भाइचाराका साथ अनुशासित भएर निस्स्वार्थ सेवा गरेको देखेर प्रशंसा गरेका थिए ।
कार्यक्रममा सहभागीहरूलाई प्रसाद वितरण गरिएको संस्थाका अध्यक्ष कुमार डङ्गोलले बताए ।
सन १९८८ मा सन्त रामपालजी महाराजले परम सन्त रामदेवानन्दजीसँग दीक्षा प्राप्त गरेका थिए तथा तन–मन–धनले सक्रिय भएर स्वामीजीद्वारा बताइएको भक्तिमार्गको साधना गरी परमात्माको साक्षात्कार गरेको अध्यक्ष डङ्गोलले बताए ।
सन् १९८८ फेब्रुअरी १७ तारीख फागुन महीना औंसीको रात्रिमा सन्त रामपालजी महाराजले मन्त्रदीक्षा प्राप्त गरेको र दीक्षा दिवसलाई सन्तमतमा उपदेशी भक्तको आध्यात्मिक जन्मदिन मानिएको उनले बताए । सोही दिनको स्मृतिमा बोध–दिवस मनाउने गरिएको अध्यक्ष डङ्गोलले बताए । सोको उपलक्ष्यमा नेपाल र भारत गरी नौवटा सतलोक आश्रममा विशाल भण्डारा आजदेखि शुरू भएको उनले बताए । जसमा निश्शुल्क मन्त्रदीक्षा, रक्तदान शिविर, दाइजो तथा आडम्बररहित आदर्श विवाह आदि कार्यक्रम आयोजन गरिएको अध्यक्ष डङ्गोलले बताएका छन् ।