प्रस, वीरगंज, २८ माघ/
पर्सा जिल्ला अदालत बार एसोसिएशनको अध्यक्षमा कमलमोहन पोखरेल, विजयी भएका छन् ।
शनिवार भएको मतगणना र मतपरिणामपछि उनले प्रतिद्वन्द्वी रामनारायणप्रसाद कुर्मी र प्रेमकुमार साहलाई पराजित गर्दै विजयी भएको पूर्र्व अध्यक्ष ओमप्रकाश गुप्ताले बताए ।
यसैगरी उपाध्यक्षमा श्यामसुन्दर दास, सचिवमा महम्मद मुमताज गद्दी र कोषाध्यक्षमा सुरेश पडित विजयी भएका छन् । सहसचिवमा जुली कर्ण यसअघि निर्विरोध निर्वाचित भएकी थिइन् । उनको मात्र उम्मेदवारी परेकोले उनी निर्विरोध भएको निर्वाचन अधिकृत सन्तोषकुमार श्रीवास्तवले बताए ।
कोषाध्यक्ष्Fमा सुरेश पण्डित र सदस्यहरू श्रीरामप्रसाद रौनियार, दीपनारायण उपाध्याय, गौरीशङ्करप्रसाद चौरसिया, श्रीराम राउत कुर्मी, हरिशङ्करप्रसाद चौहान, सुरेन्द्रप्रसाद रौनियार र नगनारायणप्रसाद साहलगायत विजयी भएका छन् ।