- राजेन्द्रप्रसाद कोइराला
मानव इतिहासले चार ठूला क्रान्तिद्वारा आकार लिएको छ– संज्ञानात्मक क्रान्ति (७०,००० वर्ष पहिले), कृषि क्रान्ति (१०,००० वर्ष पहिले), मानवजातिको एकीकरण र वैज्ञानिक क्रान्ति (५०० वर्ष पहिले) । यी क्रान्तिहरूले मानिसलाई सशक्त बनाएका छन् । यिनले भौतिकरूपमा विद्यमान नरहेका विचार सिर्जना गर्न महत्वपूर्ण भूमिका खेलेको लेखक विश्वास गर्छन् । माथि उल्लिखित तीन चरणका घटनाक्रमले मानिसलाई संसार कब्जा गर्न सक्षम बनाएको छ र मानव जातिलाई प्राकृतिक चयनको शक्तिमाथि विजय हासिल गर्ने किनारमा उभ्याएको छ ।
मानव संस्कृति लगभग ७०,००० वर्ष पहिले आकार लिन थालेको कुरा उनी पुस्तकमा उल्लेख गर्छन् । समय क्रमसँगै मानव सभ्यताको प्रारम्भिक चरणमा मानव जातिलाई होमोसेपिअन्सको रूपमा व्याख्या गरिएको पाइन्छ । होमोसेपिअन्स को शाब्दिक अर्थ ‘बुद्धिमान मानिस’ हो । मानव पहिलोपटक अफ्रिकामा लगभग २५ लाख वर्ष पहिले विकसित भएको थियो । होमोसेपियन अर्को १,००० वर्षसम्म बाँच्ने सम्भावना कमै रहेको लेखकको विश्वास छ । लगभग २० लाख वर्ष पहिलेदेखि १०,००० वर्ष पहिलेसम्म, धेरै मानव प्रजाति पृथ्वीमा एक साथ घुम्ने गर्थे । मानिस कुप्रो ढाडबाट सोझो हुँदै विकास भएको हो भन्ने कुरामा लेखक आफ्नो भनाइ राख्छन् । वास्तवमा सबै मानव प्रजाति एकै समयमा बाँचेको कुरा उनी उल्लेख गर्छन् । मानिसको शरीरको आकार अनुसार ठूलो दिमाग हुन्छ । मानव मस्तिष्कले शरीरको आकारको २–३ प्रतिशत हिस्सा ओगटेको छ, तर यसले २५ प्रतिशत ऊर्जा खपत गर्छ ।
मानव जाति ४ लाख वर्ष पहिलेसम्म खाद्य वस्तुका साथ भए पनि १ लाख वर्ष पहिलेसम्म खाद्य वस्तुबारे उसलाई जानकारी थिएन । इतिहासको सबैभन्दा महत्वपूर्ण अभियानमध्ये मानिसले समुद्र पार गरेर अस्ट्रेलियामा पाइला राखेको दिनलाई ठानिन्छ । त्यसपछि मात्र मानिसले खाद्यमा आफ्नो पहुँच पुर्याउन सक्षम भयो । लगभग १६,००० वर्ष पहिले, होमोसेपियनहरू पहिलोपटक अमेरिका आएका थिए । संसारले देखेको एकल प्रजातिको सबैभन्दा छिटो र अविश्वसनीय अतिक्रमणमध्ये एक अमेरिकाको बस्ती थियो, जुन साइबेरियन प्रायद्वीपबाट अलास्का हुँदै क्यानाडा र संयुक्त राज्य अमेरिकासम्म फैलिएको थियो । पछि मेक्सिको र मध्य अमेरिका हुँदै एन्डिज र अमेजनसम्म फैलिन थाल्यो ।
यसरी विभिन्न महाद्वीपमा होमोसेपिअन्सले आफ्नो क्षेत्र विस्तार गर्न थाले । यसै समयदेखि विश्वभरि अविश्वसनीय तरीकाले कृषि क्रान्ति आआफ्नो परिवेश अनुसार विश्वभर आफ्नै रूपमा देखा पार्याे । हरारे आफ्नो किताबमा लेख्छन्–“आधुनिक मानवको बौद्धिकता समयको साथ बढेको कुनै प्रमाण छैन ।”
कृषि क्रान्तिको समयमा सामान्य व्यक्तिको जीवन शुरूमा खराब हुने गर्दथ्यो । यद्यपि यसले मानिसलाई प्रतिएकाइ क्षेत्र बढी खाद्यान्न सङ्कलन गर्न सक्षम बनायो, जसले गर्दा जनसङ्ख्यामा तीव्र वृद्धि भयो ।
चाखलाग्दो कुरा के छ भने कृषि क्रान्तिको प्रारम्भिक केही हजार वर्षले वास्तवमा मानिसको जीवनलाई अझ कठिन बनायो किनभने त्यहाँ धेरै श्रम गर्नुपर्दथ्यो, र बढ्दो जनसङ्ख्याको मतलब त्यहाँ धेरै मानिस थिए । किनकि मामूली परिवर्तनहरू धेरै सूक्ष्म थिए, प्रत्येक पुस्ताले आफ्नो जीवनको गुणस्तर कसरी घट्दै थियो भनेर ध्यान दिन सकेन ।
विलासिताका लागि आवश्यकता चाहिने र नयाँ दायित्व जन्माउने प्रवृत्ति इतिहासको केही अटुट नियममध्ये एक हो । एकपटक मानिसले नयाँ विलासिता अभ्यास गर्न थालेपछि, प्रायः त्यसैको अपेक्षा गर्न थाल्छ र त्यसैमा निर्भर हुन थाल्छ ।
कृषि क्रान्तिको विकासवादी सफलता – ठूलो जनसङ्ख्या, वास्तवमा व्यक्तिगत दुःखको प्रमुख स्रोत थियो । मानिसका लागि मात्र होइन, कुखुरा, भेडा र गाईजस्ता घरपालुवा जनावरहरूका लागि पनि यो समय कष्टप्रद थियो । भविष्यको चिन्ता–मौसम, यस वर्षको कृषि उत्पादन, आदि कृषि क्रान्तिको शुरूआतसँगै सामान्य हुन थाल्यो । हामी के सोच्ने र गर्ने गर्छौं भन्ने धेरै कुरा हामीलाई वरपरका कथाले प्रभावित गर्दछ र हाम्रो जीवनलाई आकार दिन्छ ।
लगभग १०,००० वर्ष पहिले, हामीले खेतहरूमा स्थायी बसोवास गर्न घाँसबाट सङ्क्रमण पूरा ग¥यौं । खेतीपातीले हामीलाई राम्रो जीवन दिएको मानिन्छ, तर हरारीले यसलाई इतिहासको सबैभन्दा ठूलो धोखाधडी भनेका छन् । वास्तवमा खेतीले प्रतिएकाइ क्षेत्र बढी खानाको नेतृत्व ग¥यो, जसले हामीलाई द्रुतरूपमा गुणन हुने अनुमति दियो । तर यसले गरीबी, कुपोषण, धेरै रोग, धेरै लामो काम गर्नुपर्ने बाध्यताले सेपियन्स र अन्य जनावरका लागि कठिन जीवनको नेतृत्व ग¥यो ।
उनी भन्छन्–“सेपियनहरूले १०,००० वर्ष पहिले चारा बन्द गरे, जब केही जनावर र बोट प्रजातिको जीवनमा हेरफेर गर्न आफ्नो सबै समय र प्रयास समर्पित गर्न थाले । विगत २,००० वर्षमा कुनै पनि उल्लेखनीय बिरुवा वा जनावरलाई घरपालुवा बनाइएको छैन । सहज जीवनयापनको नयाँ युगको घोषणा गर्नुको सट्टा, कृषि क्रान्तिले किसानहरूको जीवनलाई चरुवाहरूको भन्दा सामान्य रूपमा बढी कठिन र कम सन्तोषजनक बनायो । यो कृषि क्रान्तिको सार होः खराब परिस्थितिमा धेरै मानिसलाई जीवित राख्न सक्ने क्षमता ।
यस पुस्तकमा, युवल बताउँछन् कि होमोसेपियन्सको विकाससँग सम्बन्धित तीनवटा मुख्य लहर विलुप्त छन् । पहिलो लहर विलुप्त भयो जब होमोसेपियन्स शिकारी–सङ्ग्रहकर्ता थिए, र उनीहरू नयाँ पारिस्थितिक तन्त्रमा प्रवेश गरे । दोस्रो लहर विलुप्त भयो जब होमोसेपियन्स किसान बने । खेतीपाती, बाली उब्जाउन जङ्गल र घाँसे मैदान जलाउनुसँग सम्बन्धित थियो । अन्तमा तेस्रो लहर विलुप्त हुन शुरू भयो, औद्योगिक क्रान्तिसँगै ।
१८ औं शताब्दीमा शुरू भएको औद्योगिक क्रान्ति आज पनि जारी छ । स्टीम इन्जिन र बिजुलीको आविष्कारले हामीलाई हाम्रो दिन–रात र जाडो–गर्मी चक्रबाट मुक्त गर्यो । अब हामी चाहेको समयमा काम गर्न र उत्पादन गर्न सक्छौं । विद्युत् उत्पादनमा उल्लेख्य वृद्धि भएको छ । बिजुलीको आविष्कारले उपभोक्तावादलाई प्रोत्साहित गर्यो । अब हामी यति धेरै उत्पादन सिर्जना गर्न सक्छौं कि चीजहरू किन्न हामीसँग जे पनि विकल्प छ ।
“आधुनिक संसारमा, हामी उपभोक्तावादलाई स्वीकार गर्छौं र उपभोगको खातिर उपभोगलाई प्रोत्साहित गर्छौं । पूँजीवादले अत्यधिक उपभोगले दुईपटक जित्छ । एक समाजको रूपमा, हामी खाना, रक्सी, र चुरोट धेरै खपत गर्छौं । औषधि कम्पनीहरू, डाइट प्याडहरू र निजी स्वास्थ्य सेवाको रूपमा पूँजीवादीहरूले तपाईंलाई तपाईंको अत्यधिक खपतको ‘उपचार’ बेच्छन् । यसरी उपभोक्तावादले हाम्रो जीवनलाई झन्झन् दुर्गातितिर डोर्याइरहेको छ”– उनी भन्छन् । “पूँजीवादी र उपभोगवादी नैतिकता एउटै सिक्काका दुई पाटा हुन्, दुई आज्ञाको विलय । धनीहरूको लागि सर्वोच्च आज्ञा ‘लगानी गर’ हामी बाँकीका लागि सर्वोच्च आज्ञा ‘खरीद गर’ । पूँजीवादी–उपभोक्तावादी नैतिकता अर्को अर्थमा क्रान्तिकारी भनिने गरिन्छ, यसै कारणले ।
यो पुस्तकमा युवल नोअह् हरारीले हाम्रो, होमोसेपियन्सको कथा बताउन जीवविज्ञान, इतिहास र अर्थशास्त्रको अवधारणा प्रयोग गरेका छन् ।
हरारी हामीलाई २५ लाख वर्ष पहिले शुरू भएको यात्रामा लैजान्छन्, जब सेपियन्सले आफ्नो ऐतिहासिक प्रवेशद्वार बनाइरहेका हुन्छन्, जुन भविष्यमा समाप्त हुन्छ, जब कृत्रिमरूपमा सिर्जना गरिएको अलौकिक जातिको सृष्टिले सेपियन्स प्रजातिको अन्त्य पनि हुन सक्छ–उनी आकलन गर्छन् ।
यसका साथै कल्पित वास्तविकता सिर्जना गर्ने हाम्रो क्षमताले अन्य प्रजातिमा हाम्रो प्रभुत्व कसरी निम्त्यायो, उनी उल्लेख गर्छन् । हामी कृषि क्रान्ति, वैज्ञानिक क्रान्ति, साम्राज्यवाद, पूँजीवाद र औद्योगिक क्रान्तिले हाम्रो प्रजातिलाई दिगो, सधैं सकारात्मक नभई, परिवर्तन गरेको देख्छौं । तर उपभोक्तावादको माखेसाङ्लोले गर्दा मानव जीवनले धेरै मूल्य चुकाइरहेको छ ।
“होमोसेपियन्सले संसारमा शासन गर्दछ किनभने यो एक मात्र प्राणी हो, जसले आफ्नो कल्पनामा विशुद्धरूपमा अवस्थित चीजहरूमा विश्वास गर्छ, जस्तै देवता, राज्य, पैसा र मानव अधिकार”– उनी भन्छन् । यही विचारका साथ लेखक युवल नोह हरारीले मानव संस्कृति, समाज, विगत र भविष्यबारे आफ्नो कथा खोल्छन् । उनको पुस्तक ‘सेपियन्स’ ले सांस्कृतिक विकासबारे विस्तृत विचार प्रस्तुत गर्दछ र चरणबद्धरूपमा आफ्ना तर्कहरू प्रस्तुत गर्छ ।
यो पुस्तक विश्वव्यापी इतिहासको विधामा गरिएको प्रयास हो । यसमा धेरै वास्तविक इतिहास समावेश छैन । बरु, यो मानव विकासको एक अनुमानित पुनर्निर्माण हो, रेकर्ड गरिएको इतिहास र मानव अवस्थामा लेखकका विचारहरू छरपस्ट भएको ज्ञानमूलक पुस्तक हो ।
हरारीले एक्काइसौं शताब्दीसम्म, पाषाण युगदेखि मानवजातिको इतिहासको सर्वेक्षण गरेका छन्, जुन होमोसेपियन्समा केन्द्रित छ । उनले सेपियन्सको इतिहासलाई चार प्रमुख भागहरूमा विभाजन गरेका छन्–
१. संज्ञानात्मक क्रान्ति (७०,००० ईसापूर्व, जब सेपियन्समा कल्पना विकसित भयो) ।
२. कृषि क्रान्ति (१०,००० ईसापूर्व, जब कृषिको विकास भयो) ।
३. मानवजातिको एकीकरण (३४ इस्वी), एक वैश्विक साम्राज्यतर्फ मानव राजनीतिक सङ्गठनहरूको क्रमिक समेकन)।
४. वैज्ञानिक क्रान्ति (१५४३ ईस्वी), वस्तुनिष्ठ विज्ञानको उदय) ।
अन्ततः हामीसँग एउटा प्रश्न बाँकी छ– हामीले आफ्नो भविष्यको प्रारूप बनाउँदा, को बन्न चाहन्छौं ? हरारी कुनै राय दिंदैनन् । बरु सही जवाफ खोज्नुभन्दा सही प्रश्न सोध्नु महत्वपूर्ण हुन सक्छ भनी उनले हामीतिर प्रश्न तेर्साउँछन् ।