प्रस, वीरगंज, ६ माघ/

आइरिस एड तथा द लेप्रोसी मिशन नेपालको आयोजनामा पत्रकारहरूको लागि कुष्ठरोगसम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रम वीरगंजमा सम्पन्न भएको छ ।  नेपाल पत्रकार महासङ्घ, पर्साको सभाकक्षमा आयोजित कार्यक्रममा रिजु तिवारीले विगतभन्दा अहिले कुष्ठरोगी कम भएको बताइन् । तर उनले अन्य प्रदेशका तुलनामा मधेस प्रदेशमा कुष्ठरोगीको सङ्ख्यामा वृद्धि भएको बताइन् । तिवारीले पर्सामा कुल ५४० जना कुष्ठरोगी रहेकामा सबैभन्दा बढी पटेर्वासुगौली गाउँपालिकामा ४५ जना रहेको बताइन् । उनले वीरगंज महानगरपालिकामा १८७, कालिकामाई गापामा ३४, विन्ध्यावसिनी गापामा ३६ जना कुष्ठरोगी रहेको बताइन् ।

नेपाल पत्रकार महासङ्घ, पर्साका अध्यक्ष्F अनुप तिवारीको अध्यक्ष्Fतामा कार्यक्रम सम्पन्न भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here