प्रस, वीरगंज, ५ माघ/
मधेस आन्दोलनका शहीदको सम्झनामा जनता समाजवादी पार्टी, पर्साले बिहीवार घण्टाघरस्थित शहीदहरूको सालिकमा माल्यार्पण गरेको छ ।
पर्सा अध्यक्ष रामनरेशप्रसाद यादवको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि प्रदेश सांसद प्रमोद जयसवाल, केन्द्रीय सदस्य फिरोज मन्सुर, परिषद् सदस्य शिवजी सोनी, जसपा मधेस प्रदेश उपाध्यक्ष बृजमोहन तिवारी, जिल्ला सचिव तबरेज अहमदलगायतले शहीदका प्रतिमामा माल्यार्पण गरेका थिए ।
यसैगरी, जसपा पोखरिया नगर समितिले शहीद चन्दन पटेलको सालिकमा माल्यार्पण गरेको केन्द्रीय सदस्य सलमा खातुनले बताइन् ।
कार्यक्रममा वक्ताहरूले शहीदको बलिदानीको कारण देशमा सङ्घीयता र लोकतन्त्र आएको बताए । उनीहरूले शहीदको सम्मानको योगदानलाई बिर्सन नहुने बताए ।
कार्यक्रममा जसपाका केन्द्रीय सल्लाहकार खलील मियाँ, शहीद चन्दनका काका मनोज पटेल, जसपा क्षेत्र ३ (२) का क्षेत्रीय अध्यक्ष पवनकुमार सिंह, जसपा नगर अध्यक्ष राजु साहलगायतको सहभागिता थियो ।