प्रस, वीरगंज, २ माघ/

वीरगंज महानगरले अतिक्रमण हटाउने विषयमा काखापाखा गरेको आरोप लगेको छ । सडकछेउछाउ वा सार्वजनिक ठाउँ अतिक्रमण गरेका व्यक्तिहरूमाथि कारबाही गर्नु ठीक हो तर काखापाखा गर्नु बेठीक भएको नगरवासीको भनाइ छ । 

सडकपेटी वर्षौंदेखि कब्जा गरी बसेकाहरूलाई कारबाही गर्न महानगरपालिकाले शुरू गरेको छ । तर वीरगंजको पुरानो बसपार्कमा एकजना व्यापारीले एक वर्षदेखि सार्वजनिक जग्गा कब्जा गरी आफ्नो व्यापार चलाइरहे तापनि वीरगंज महानगर बेखबर छ । महानगरका प्रहरी यसबारेमा बेखबर बनेका छन् । वीरगंज महानगरपालिका कार्यालय जाने प्रवेशद्वारमा नै बिक्रीका लागि मार्बल राखी जग्गा अतिक्रमण गरिएको छ ।  पुरानो बसपार्ककै एकजना व्यापारीले भत्केको घर मर्मत गर्न बालुवा बाटोमा राख्दा नगर प्रहरीले उठाएर लग्ने तर ठूला व्यापारीहरूले सार्वजनिक जग्गामा वर्षौंदेखि सामान राखी व्यापार गरे पनि महानगरका प्रहरीले केही नगर्नु न्यायोचित नभएको बताए । यस विषयमा नगरप्रमुख राजेशमान सिंहसँग सोध्दा भोलि, पर्सि हटाउने बताए । तर उनले सो भनेको पाँच दिन भइसक्दा पनि आजसम्म मार्बलहरू हटाइएको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here