प्रस, परवानीपुर, २ माघ/

वीरगंजको नारायणी क्रिकेट खेलमैदानमा सोमवारदेखि कलेजस्तरीय नकआउट क्रिकेट प्रतियोगिता शुरू भएको छ ।  वीरगंज युवा च्याम्स क्लब, मुर्ली, वीरगंजले आयोजना गर्दै आएको चौथो संस्करणको यस प्रतियोगितामा वीरगंजको नेशनल इन्फोटेक, ग्लोबल बिजनेस कलेज, सेन्ट जेभियर्स, सत्यम पब्लिक, अल्पाइन प्लस टु, ओम नेशनल एकेडेमी, सिद्धार्थ इन्टरनेशनल, पिसजोन प्लस टु, वीरगंज मेघा कलेज, शिक्षा इन्स्ट्च्यिुट, डेसिमल, विपिस, युनिभर्सल, बाल एकता प्लस टु, मनकामना र गढीमाई कलेजको सहभागिता छ ।

महालक्ष्मी विकास बैंकका दीपक गुप्ताले उद्घाटन गरेको प्रतियोगिताको पहिलो खेल ओम नेशनल र मेघा कलेजबीच भएको थियो । जसमा ओम नेशनल कलेज विजयी भएको छ । ओम नेशनलले टस जितेर २० ओभरमा पाँच विकेटको क्षतिमा २०८ रन बनाएको थियो भने मेघा कलेजले १५ ओभरमा सबै विकेट गुमाउँदै सय रनमा सीमित भयो ।

मङ्गलवारको खेल अल्पाइन र बिपिएस तथा डेसिमल र शिक्षा इन्स्ट्च्यिुटबीच हुने आयोजक क्लबका अध्यक्ष रमीज राजा अन्सारीले बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here