प्रस, वीरगंज, २९ पुस/
सशस्त्र प्रहरी महिला परिवार सङ्घको सहयोगमा बिओपी मिर्जापुरले शुक्रवार ७१ जना गरीब, विपन्न परिवारलाई कम्बल वितरण गरेको छ । छिपहरमाई गाउँपालिका–१ र २ का गरीबलाई कम्बल वितरण गरिएको हो ।
मिर्जापुरमा आयोजित कार्यक्रममा प्रमुख अतिथि सशस्त्र प्रहरी गण ४० नम्बर गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक सञ्जय भट्टराई, सशस्त्र प्रहरी १३ नम्बर गणका निमित्त प्रमुख सन्तोष बस्नेत, भिस्वा बिओपीका प्रहरी निरीक्षक सुनीलकुमार दास, महिला सङ्घकी अध्यक्ष्F रश्मि थापालगायतको सहभागिता थियो ।
यसैगरी, सशस्त्र प्रहरी महिला सङ्घकी अध्यक्ष थापाले सेढवामा ७८ थान कम्बल वितरण गरिन् ।