प्रस, वीरगंज, २४ पुस/

प्रादेशिक रूपमा औद्योगिक कोरिडोर श्रमिक शिक्षासम्बन्धी द्विपक्षीय  अन्तक्र्रिया कार्यक्रम आइतवार वीरगंज महानगरपालिकामा सम्पन्न भएको छ ।

श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले आयोजना गरेको अन्तक्र्रियामा परीक्षक गीता भण्डारीले नेपालमा २००३ सालमा विराटनगरको जुट मिलका मजदुरहरूले गरेको श्रमिक आन्दोलनबाट श्रमिकहरूको तलब तोकिएको बताइन् । उनले परिक्षक गिता भन्डारीले बताएका थिए ।

उनले अझैपनि नेपालमा श्रमिकहरूले उचित मूल्य नपाएको बताइन् । उनले श्रमिकहरुले सातामा एक दिन र वर्षमा ३० दिन श्रमिकहरुले बिदा पाउने गरेको बताइन् । श्रमऐनले पतिसँगै पत्नीले पनि क्रियाबिदाको व्यवस्था मिलाएको जानकारी गराइन् ।

परीक्ष्Fक भण्डारीले २०५६ सालदेखि सुत्केरी बिदामा पुरूषलाई बिदा दिने गरिएकोमा अहिले महिलासँगै पुरुषले पनि सुत्केरी बिदा पाउने व्यवस्था मिलाइएको बताइन् । श्रम ऐन २०७४ र २०७५ मा श्रमिक हकहित तथा सुरक्षाका लागि व्यवस्था मिलाइएको बताइन् ।

उनले उद्योगमा ध्वनि, धूलो, प्रकाश, विद्युतीय सुरक्षा, मेशिनको छेकबार आदिको व्यवस्थामा उद्योग प्रशासनले ध्यान दिनुपर्ने बताइन् । त्यस्तै उद्योगमा प्राथमिक उपचार, फोहर व्यवस्थापनलगायतको व्यवस्था रोजगारदाताले मिलाउनुपर्ने बताइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here