न्यूयोर्क, २२ पुस/एपी

विश्वका हिमनदीहरू वैज्ञानिकहरूले सोचेभन्दा चाँडो लोप हुने अवस्थामा पुगेका छन् । जलवायु परिवर्तनका कारण दुर्ई तिहाइ हिमनदी यो शताब्दीको अन्त्यसम्ममा अस्तित्वबाटै विलीन हुने एउटा नयाँ अध्ययनले देखाएको छ ।  यदि विश्वले भविष्यको तापक्रमलाई एक डिग्रीको सेरोफेरोमा सीमित गर्न सकेमा हिमनदीलाई जोगाउन सकिनेछ तर  अन्तर्राष्ट्रिय लक्ष्यहरू पूरा गर्न प्राविधिकरूपमा सम्भव भएपनि त्यो असम्भव हुने वैज्ञानिकहरूले बताएका छन् ।

तापक्रम वृद्धिका कारकलाई नियन्त्रण गर्न औद्योगिक राष्ट्र प्रतिबद्ध नभए अन्तर्राष्ट्रिय लक्ष्य हासिल गर्न असम्भव प्रायः छ । सन् २१०० सम्ममा विश्वका आधाभन्दा कम हिमनदी हराउने सोही अध्ययनका लेखकहरूले जनाएका छन् । अध्ययन अनुसार प्रायः साना तर प्रख्यात हिमनदी लोप हुँदै गएका छन् ।

सबैभन्दा विषम स्थितिमा विश्वका ८३ प्रतिशत हिमनदी सन् २१०० सम्ममा हराउने सम्भावना रहेको बिहीवार सार्वजनिक भएको ‘साइन्स जर्नल’मा उल्लेख छ । ग्रीनल्यान्ड र अन्टार्कटिकाबाहेक भूमिमा आधारित विश्वका दुई लाख १५ हजार हिमनदीमाथि विगतको भन्दा गहन ढङ्गले गरिएको अध्ययनले ती नदी लोपको सँघारमा पुगेको देखाएको हो । हिमनदी पग्लिएसँगै समुद्रको सतहमा पनि वृद्धि हुनेछ ।

तेत्तीस लाख अमेरिकी प्राकृतिक प्रकोपबाट विस्थापित

वाशिङ्टन/एपी

तेत्तीस लाख अमेरिकी वयस्क प्राकृतिक प्रकोपबाट विस्थापित भएको एक सर्वेक्षणले देखाएको छ । अमेरिकी जनगणना ब्यूरोका अनुसार देशको १.३ प्रतिशतभन्दा बढी वयस्क जनसङ्ख्या गत वर्ष प्राकृतिक प्रकोपबाट विस्थापित भएका थिए भने आधाभन्दा बढी स्थानान्तरण हुन बाध्य भएका थिए ।

बिहीवार सार्वजनिक भएको दुई वर्ष पुरानो अनलाइन सर्वेक्षणले ३३ लाख अमेरिकी वयस्क आँधी, बाढी, आगलागीलगायत प्राकृतिक प्रकोपबाट विस्थापित भएको देखाएको हो । प्राकृतिक प्रकोपबाट भएका विस्थापनबारे पहिलोपटक सर्वेक्षणमा प्रश्नावली समावेश गरिएको थियो । अमेरिकाका केही राज्य अरूभन्दा बढी प्रभावित भएका, सबैतिर एकै प्रकारको विपत्तिको सामना गर्नुनपरेको,  फ्लोरिडामा करीब १० लाख प्रभावित भएका थिए । उक्त राज्यका हरेक १७ जनामा एकजना विस्थापित भएका थिए ।

सर्वेक्षण अनुसार निकाले तूफानले देशका विभिन्न भागमा चार लाख नौ हजारभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा स्थानान्तरण हुन बाध्य पारेको थियो । प्राकृतिक प्रकोपबाट सबैभन्दा इन्डियाना, नर्थ डकोटा, ओहायो र ओक्लाहोमा प्रभावित रहे । विस्थापित भएका ३३ लाखमध्ये एक तिहाइभन्दा बढी एक साताभन्दा कम समयका लागि आफ्नो घरबाट बाहिर थिए भने हरेक छजनामध्ये एकजना कहिल्यै आफ्नो घर फर्केनन् । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here