प्रस, वीरगंज, २१ पुस/

कबाडको नाउँमा अहिले जनावरका हड्डी तस्करी भइरहेको वीरगंज महानगर–१६ इनर्वावासीले बताएका छन् ।

नेपालमा कबाडका सामानको खपत नभएकाले स्थानीय सुरक्षाकर्मीहरूले कबाडका सामानहरू भारत लैजाँदा खासै ध्यान दिंदैनन् । तर पछिल्लो समयमा कबाडका नाममा तस्करहरूले जनावरका हड्डी तस्करी गरिरहेको इनर्वावासीले बताए ।

भारतीय सीमासँग जोडिएको यो बस्तीमा सीमापारि भारत लैजानका लागि जनावरको हड्डी भण्डार गरिने र चीसोमा पनि डुङ्डुङ्ती गन्हाइरहेको बताएका छन् । स्थानीयवासीले ट्रकमा जनावरका हड्डी भण्डार हुने र भारत पु¥याउने गरेको बताए छन् । उनीहरूले भण्डार गरिएको क्षेत्र गन्हाएर बसिनसक्नुभएको र यसबारेमा स्थानीय प्रहरीलाई जानकारी गराए पनि कुनै सुनवाइ नभएको बताए ।

प्रहरीलाई गुनासा गर्नेहरूविरुद्ध तस्करहरूबाट डर, धाक, धम्की दिने कार्य भएकाले सूचना प्रहरीले चुहाउने गरेको पनि उनीहरूले आरोप लगाएका छन् । यसबारेमा पर्सा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक गिरीले आफूसम्म यस प्रकारका गुनासा नगरिएको बताए । उनले सम्बन्धित प्रहरी चौकीसँग यसबारेमा बुझेर गलत भएको रहेछ भने रोकिने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here