प्रस, वीरगंज, ६ मङ्सिर/
पर्सा राष्ट्रिय निकुञ्ज, आधाभारले सोमवार राति पक्राउ गरेको पाँचजना शिकारी सखुवाप्रसौनी गाउँपालिकाका पूर्वअध्यक्ष प्रदीप जयसवालको घरबाट पक्राउ परेको खुलेको छ ।
पूर्वअध्यक्ष्F जयसवालले सखुवाप्रसौनी गापा–१ अकुनियामा विश्रामको लागि घर निर्माण गरेको र सोही घरबाट आरक्ष्Fले पाँचजना शिकारीलाई मारिएका दुईवटा जरायो, हतियार, नगदसहित पक्राउ गरेको थियो । पूर्वअध्यक्ष जैसवालको नाम अहिले सार्वजनिक गरिएको छैन ।
त्यसैगरी, सो घटनामा आरक्षले बरामद गरेको प्र.२–०२–०३–००१च३०९० नम्बरको गाडी प्रदेशसभा सदस्य प्रमोद जैसवालको भएको स्रोतले जनाएको छ । प्रदेशसभा सदस्य जैसवाल पर्सा क्ष्Fेत्र नं ३ (१)बाट निर्वाचित भएका हुन् । उनी स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित भएको र पूर्वअध्यक्ष जैसवालका सहोदर दाजु हुन् । अहिले जैसवाल दाजुभाइ सम्पर्कविहीन छन् । उनीहरू सम्पर्कमा आउन चाहेका छैनन् । तर घटनामा समातिएको प्रदेशसभा सदस्यको नामको बोलेरो गाडी चोरी भएको भनेर प्रहरीमा उजूरी दिने प्रयास भएको प्रहरी स्रोतले बताएको छ ।
आरक्षमा पक्राउ परेपछि फिल्मी पारामा सो गाडी घटनाअगावै चोरी भएको देखाउन खोजिएको छ तर प्रहरीले घटनामा गाडी बरामद भइसकेको अवस्थामा सो उजूरी लिन नमानेको एकजना प्रहरीले प्रतीकलाई बताए । घटनामा पक्राउ परेका पाँचजना शिकारीमध्ये लक्ष्मण सहनी पर्सा जिल्लाका कुनै बेला चर्चित गाँजा तस्कर हुन् । उनले आफ्नो नाम विशाल सहनी भनेर झुक्याउन खोजेका छन् । आरक्षले पनि घटना विवरण सार्वजनिक गरे पनि जैसवाल दाजुभाइलाई भने गोप्य राखेको छ ।
निकुञ्जका संरक्षण अधिकृत डा अशोक रामले पक्राउ परेकाहरू, घरधनी र सवारीधनी सबैजना कारबाहीको दायरामा पर्ने बताए । उनले पक्राउ परेकाहरूको बयानका आधारमा थप चारजना शिकारी फरार रहेको पाइएकाले उनीहरूको पनि गोप्य तरीकाबाट खोजबिन भइरहेको बताए । पक्राउ परेका र यसमा संलग्न हुने थप अभियुक्तहरूविरुद्ध निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२१ अनुसार कारबाही हुने बताए ।
निकुञ्ज सुरक्ष्Fार्थ खटेको सिद्धिबक्स गणको टोलीले कोर एरियामा बन्दूक पड्केको आवाज सुनेसँगै सो क्षेत्रमा घेरा हालेर बस्दा पाँचजना शिकारी काभ्रेपलाञ्चोकको सागा निवासी ५७ वर्षीय दामोदर अधिकारी, अकुनियाका ४६ वर्षीय विशाल (लक्ष्मण) सहनी, बारा प्रसौनीका ३७ वर्षीय झापसदास थारू, बारा सखुवाप्रसौनीका ४४ वर्षीय नवराज बस्नेत, ५२ वर्षीय मालदोङ्ग तामाङसहित १२ बोरको बन्दूक एक थान, सोमा लाग्ने एक राउन्ड गोली, २२ एमएमको नौ राउन्ड गोली, ल्यान्डक्रुजर जीप र बोलेरो गाडी बरामद गरेको थियो । घटनापछि पूर्वअध्यक्ष जयसवालको अकुनियास्थित विश्राम घरमा छापामारी गरेको थियो । बयानका क्रममा पक्राउ परेका शिकारीहरूले पूर्वअध्यक्ष जयसवालको घरमा बसेको र बोलेरो गाडी प्रदेशसभा सदस्य प्रमोद जयसवालको भएको पुष्टि गरेको स्रोतले जनाएको छ । अहिले घटनामा बरामद बोलेरो गाडी चोरी भएको भनी प्रहरीमा उजूरी दिने प्रयासमा प्रदेशसभा सदस्य जयसवाल रहेको स्रोतले जनाएको छ । एकजना प्रहरीले जयसवालले चोरीको झूटो उजूरी दिन आएको तर सो उजूरी प्रहरीले लिन नमानेको बताए । निकुञ्जले घटना सार्वजनिक गरिसकेको अवस्थामा बरामद गाडी चोरी भएको भनेर प्रहरीले उजूरी लिन नमानेको थाहा हुन आएको छ ।