प्रस, वीरगंज, २ पुस/

एनवाइइएफ  र वीरगंज बैंकर्सको आयोजनामा शनिवार सम्पन्न सेकेन्ड फेलोसिप क्रिकेट प्रतियोगिता–२०२२ को उपाधि नेपाल पत्रकार महासङ्घ पर्साले जितेको छ । वीरगंजस्थित ज्ञानदा एकडेमीमा शनिवार आयोजित प्रतियोगितामा रोटरी क्लबलाई ९ विकेटले हराउँदै महासङ्घ विजयी भएको हो । ६ ओभरको खेलमा रोटरीले ६१ रन बनाएको थियो । प्रतिउत्तरमा महासङ्घले ३ बल बाँकी रहँदा एक विकेटको क्षतिमा लक्ष्य भेटाएर जीत हासिल गरेको हो ।

महासङ्घको तर्फबाट भूषण यादवको कप्तानीमा भएको खेलमा सफल खतिवडा, सद्दाम हुसेन र अरविन्द पटेलले ब्याटिङ गरेका थिए ।

महासङ्घले आज सर्वप्रथम बैंकर एसोसिएशनलाई पराजित गरेको थियो भने सेमिफाइनलमा वीरगंज उद्योग वाणिज्य सङ्घमाथि विजय हासिल गरेको थियो भने फाइनलमा रोटरीलाई पराजित गरी उपाधि जितेको हो ।

प्रतियोगिताको तीनै खेलमा महासङ्घका सद्दाम हुसेन म्यान अफ दि म्याच घोषित भए र उनले नै म्यान अफ दिन सिरिजको उपाधि पनि पाए । बलिङतर्फ महासङ्घका सद्दाम हुसेनले ह्याट्रिकसहित छ विकेट लिए भने ब्याटिङबाट ३२ रन बनाएका थिए । प्रतियोगितामा सफल खतिवडाले दुई र अरविन्द पटेल र विनय कुशवाहाले एक/एक विकेट लिए ।

प्रतियोगितामा नेपाल पत्रकार महासङ्घ पर्साका अध्यक्ष अनुप तिवारी, पत्रकारहरू जितेन्द्र साह, सन्जीव मिश्रा, विजय कुशवाहा, तुलसी भण्डारी, राकेश साहलगायतको उपस्थिति थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here