कीभ, २५ मङ्सिर/एएनआई

शनिवार युक्रेनको ओडेसामा अन्धकार छाएको छ । किनकि यहाँ ऊर्जा प्रदायक संरचना रूसी आक्रमणबाट प्रभावित भएका छन् । बन्दरगाह शहरका १५ लाखभन्दा बढी मानिस बिजुलीविहीन भएको अल जजीराले उल्लेख गरेको छ ।

युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले जनतालाई सम्बोधन गर्दै ओडेसाको बन्दरगाह शहरमा ऊर्जा सुविधा कमजोर भएकाले स्थिति निकै गा¥हो हुँदै गएको बताएका छन् ।

युक्रेनी अधिकारीका अनुसार निरन्तर द्वन्द्वको क्रममा इरानमा निर्मित ड्रोनद्वारा यस क्षेत्रका दुर्ई ऊर्जा सुविधामा आक्रमण भएपछि ओडेसा बिजुलीविहीन भएको हो । अधिकारीका अनुसार शनिवार बिहानको समयमा रूसी आक्रमणले महत्वपूर्ण प्रसारण लाइन र मेशिनरीलाई प्रहार गरेको थियो ।

अस्पताल र प्रसूति वार्डलगायत महत्वपूर्ण पूर्वाधारमा मात्र बिजुलीको पहुँच रहेको बताइएको छ ।

 “अहिलेसम्म शहर बिजुलीविहीन छ,” राष्ट्रपति प्रशासनका उपप्रमुख किरिलो टिमोशेन्कोले मेसेजिङ एप टेलिग्राममा भनेका छन् ।

युक्रेनको सबैभन्दा ठूलो बन्दरगाह शहर ओडेसामा यस वर्षको फेबु्रअरी २४ मा रूसले आक्रमण गर्नुअघि १० लाखभन्दा बढी जनसङ्ख्या थियो । यसैबीच नोभेम्बरमा दक्षिणी युक्रेनको निकोपोल जिल्लामा रूसले आक्रमण गरेको र स्थिति बिगँ्रदै गएको जिल्ला सैन्य प्रशासनका प्रमुखले बताएका छन् ।

 “करीब ६० गोला र रकेट हतियार शान्तिपूर्ण बस्तीमा खसे,” निकोपोल जिल्लाका प्रशासन प्रमुख येभेन येभतुसेन्कोले टेलिग्राम पोस्टमा उल्लेख गरेका छन् । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here