ढाका, २४ मङ्सिर/एएफपी
नयाँ निर्वाचनको माग गर्दै प्रधानमन्त्री शेख हसिनाको सरकारविरुद्धको आन्दोलनमा बङ्गलादेशको प्रमुख प्रतिपक्षी दलका करीब एक लाख समर्थक शनिवार ढाकामा भेला भएका छन् ।
विपक्षी बङ्गलादेश नेशनलिस्ट पार्टी (बिएनपी)का सबै सातजना सांसदले उक्त कार्यक्रममा संसद्बाट राजीनामा दिने घोषणा गरेका छन् । यससँगै देशको विधायिकालाई मुख्यतया रबर स्ट्याम्पको रूपमा छोड्नेछ । यद्यपि हसिनाको पार्टीसँग दुई तिहाइभन्दा बढी बहुमत थियो ।
पश्चिमा सरकार र संयुक्त राष्ट्रसङ्घले बङ्गलादेशको राजनीतिक वातावरणप्रति चिन्ता व्यक्त गरेका छन् ।
यो एशियाको सबैभन्दा तीव्र गतिमा वृद्धि भइरहेको अर्थतन्त्रमध्ये एक हो तर युक्रेन युद्धले सरकारलाई ग्याँस र डिजेलको आयात स्थगित गर्न बाध्य बनाएको छ । बिजुली कटौती र इन्धनको मूल्यवृद्धिले हालैका महीनाहरूमा प्रदर्शनहरू सुरू भएका छन् ।
बङ्गलादेशी टाका २५ प्रतिशतसम्म अवमूल्यन भएको छ, जसले खाद्यान्न आयातको लागत बढाएको छ र गरीब र निम्न मध्यम वर्गका मानिसहरूलाई असर पारेको छ ।
‘अटोरिक्सा’ चालक रसेल मियाँले खाद्यान्न र अन्य वस्तुको बढ्दो मूल्यवृद्धिप्रति आक्रोश व्यक्त गर्न ¥यालीमा सामेल भएको बताए । उनले मूल्यवृद्धिका कारण आफ्नो परिवारलाई नियमित छाक टार्न सङ्घर्ष गर्नुपरेको बताए ।
“म उत्पीडनको शिकार भएको छु,” उहाFले भने ।
उनले भने, “म आज यहाँ मेरो वर्तमान अवस्थाका लागि जिम्मेवार व्यक्तिहरूको विरोध गर्न आएको हुँ ।”
बङ्गलादेशका आधा दर्जनभन्दा बढी टेलिभिजन समाचार च्यानलले उक्त विरोध प्रदर्शनलाई स्थान दिएनन् । यसो हुनुमा अधिकारीहरूले उनीहरूलाई त्यसो नगर्न दबाब दिएको आशङ्का आन्दोलनकारीले गरेका छन् ।
बिएनपीका एक अधिकारीका अनुसार मध्याह्नसम्ममा लाखौं मानिस ¥यालीमा सहभागी भएका थिए ।
प्रवक्ता जहिरुदिन स्वपनले एएफपीसँग भने, “हाम्रो मुख्य माग शेख हसिनाको राजीनामा र संसद् विघटन र तटस्थ कामचलाउ सरकार गठन गरी स्वतन्त्र र निष्पक्ष निर्वाचनको कदम चाल्नुहो ।”
नाम नबताउने शर्तमा एक वरिष्ठ सुरक्षा अधिकारीले ८० हजार मानिस आन्दोलनमा सरीक भएको आफुले अनुमान गरेका बताए ।
ढाका महानगरका प्रहरी प्रवक्ता फारूख अहमदका अनुसार अहिलेसम्म कुनै हिंसात्मक गतिविधि भएको छैन तर सुरक्षाकर्मीलाई सम्भावित हिंसा रोक्न तयारी अवस्थामा राखिएको छ ।
बिएनपीको मुख्यालयमा मङ्ग्लवार सुरक्षा फौजले आक्रमण गर्दा कम्तीमा एकजनाको मृत्यु हुनुका साथै कैयौं घाइते भएपछि राजधानीमा तनाव बढेको थियो ।
हिंसा भड्काएको आरोपमा पार्टीका दुई शीर्ष नेतालाई शुक्रवार पक्राउ गरिएको थियो भने ¥यालीलाई अगाडि बढ्न नदिन नोभेम्बर ३० यता करीब दुई हजार कार्यकर्ता र समर्थकलाई हिरासतमा लिइएको पार्टीले जनाएको छ ।
विपक्षीहरूले देशभर विरोध प्रदर्शन गरिरहेका छन् र हसिनाले आफ्नो राजीनामा र कामचलाउ सरकारको नेतृत्वमा निर्वाचनको मागलाई ठाडै अस्वीकार गरेकी छन् ।
दुई करोड जनसङ््ख्या रहेको ढाकामा शनिवार प्रहरीले चेकप्वाइन्ट खडा गरेको थियो भने सुरक्षा व्यवस्था कडा पारिएको थियो । अर्का एक प्रहरी अधिकारीका अनुसार प्रदर्शनस्थलबाहिर सुरक्षाका लागि तीन हजारसम्म प्रहरी परिचालन गरिएको छ ।
ढाकाको सामान्य भीडभाड हुने सडकहरूमा केही साइकल, रिक्शा र कारहरू मात्र चलेका थिए, बिएनपीका अधिकारीहरूले सरकारले मानिसहरूलाई प्रदर्शनमा सामेल हुनबाट रोक्नका लागि यातायात सेवामा अनौपचारिक रोकावट शुरु गरेको आरोप लगाएका छन् ।
देशको प्रमुख बङ्गाली दैनिक पत्रिका प्रोथोम आलोका अनुसार सत्तारुढ दलका विद्यार्थी कार्यकर्ताले बिएनपीका कम्तीमा १० जना समर्थकलाई कुटपिट गरेका छन् ।
प्रदर्शनमा भाग लिन दक्षिणी टापु भोलाबाट आएका व्यापारी मोहम्मद आलमगीरले भने, “म कुनै पनि राजनीतिक दललाई समर्थन गर्दिनँ ।
हामी वर्तमान अवस्थाबाट मुक्ति चाहन्छौंं ।” रासस