प्रस, वीरगंज, २२ मङ्सिर/
वीरगंजका युवा पत्रकार नरेश सर्राफको निधनमा बिहीवार क्रियाशील युवा पत्रकार मञ्चले श्रद्धाञ्जलिसभा आयोजना गरेको छ । नेपाल पत्रकार महासङ्घ, पर्सा शाखामा आयोजित श्रद्धाञ्जलिसभामा नेपाल पत्रकार महासङ्घ, मधेस प्रदेशका महासचिव श्याम बन्जाराले पत्रकार स्व. सर्राफको सद्गुण, स्वभाव र आचरण अविस्मरणीय रहने बताए ।
उनले सर्राफले वीरगंजमा निष्ठाको पत्रकारिता गरेर व्यावसायिकतालाई अगाडि बढाई समाजलाई सकारात्मक सन्देश प्रवाह गरेको बताए ।
शाखा अध्यक्ष अनुप तिवारीले पत्रकारिता क्षेत्रमा स्व. सर्राफको योगदान वीरगंजेली पत्रकारहरूले सदैव स्मरण गर्ने बताए ।
वीरगंज उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष अनिल पटवारीले युवा पत्रकार सर्राफको अल्पायुमा हृदयघातबाट निधन भएकोमा दुःख व्यक्त गरे ।
समाजवादी प्रेस सङ्गठन पर्साका अध्यक्ष मनोज पटेलले शोक मन्तव्य व्यक्त गर्दै स्व. सर्राफले पर्सेली पत्रकारिता जगतमा छुट्टै योगदान पु¥याएको चर्चा गरे ।
मञ्चका अध्यक्ष प्रणय कुमारको अध्यक्षतामा भएको श्रद्धाञ्जलिसभामा प्रेस चौतारी पर्साका सहसंयोजक तुलसी भण्डारीलगायतले शोक समवेदना व्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण मञ्चका उपाध्यक्ष आनन्द पटेलले गरेका थिए ।