ब्रेन स्ट्रोक र कार्डियक अट्याकबाट पीडित भएको कारण बङ्गाली कलाकार एन्ड्रिला शर्माको निधन भयो । एन्ड्रिला इभिङ सरकोमाबाट पनि पीडित थिइन् । जुन एक प्रकारको दुर्लभ क्यान्सर हो, यो हाडको वरपर कोमल उत्तक जस्तै उपस्थित वा तन्त्रिकामा बढ्न थाल्छ ।
यसको उपचार शल्यक्रिया र किमो रेडिएशनबाट गरिन्छ । स्पेशलिस्ट इविङ्ग्स सरकोमा– जेम्स आर इभिड्ढो नामबाट राखिएको हो, उनी पैथोलोजिस्ट थिए र सन् १९२० को दशकमा सबैभन्दा पहिले यस बिमारीको मामिलाबारे वर्णन गरेका थिए, सारकोमा एक प्रकारको क्यान्सर हो, जुन शरीरको कुनै पनि भागमा हुन सक्छ ।
इभिङ सरकोमा छाती, पेट, अङ्ग वा अन्य स्थानको कोमल उत्तकमा शुरू हुन सक्छ र अन्य अङ्गमा फैलिन्छ वा त्यसै स्थानमा फर्केर आउन सक्छ । ट्युमर मुख्यरूपले बाल्यकाल वा किशोरावस्थामा हुने गर्छ ।
चिकित्सकका अनुसार इभिङ सरकोमा इङ्ल्यान्ड वा संयुक्त राज्य अमेरिका जस्ता पश्चिमी देशको तुलनामा एशियाली देशमा कम प्रचलित छ र गोरो मान्छेलाई हुने सम्भावना बढी रहन्छ । तर पछिल्लो केही वर्षदेखि भारतमा पनि यस प्रकारको रोग भेटिएको छ ।
इभिङ सरकोमाको मुख्य लक्षण भनेको ट्युमरमा दुखाइ हुनु वा सुन्निने गर्छ । यो छालाको सतहमा एक दृश्य गाँठोको रूपमा विकसित हुन सक्छ । यो उपचारयोग्य बिमारी हो र ठीक हुने दर बढी हुन्छ तर उपचार प्रक्रिया कठिन हुन सक्छ । शल्यक्रिया वा विकिरणबाट यसको उपचार हुन सक्छ ।
हाडको ट्युमर प्रFयः तिघ्राको हाड, काँधको ब्लेड आदि स्थानमा देखिन सक्छ । जब क्यान्सर शरीरका अन्य क्षेत्रमा फैलिंदैन, तब यसलाई इभिङ सरकोमा भनिन्छ ।