प्रस, वीरगंज, १२ मङ्सिर/
बारा क्षेत्र नं ४ को प्रतिनिधिसभा सदस्यमा निर्वाचित कृष्णकुमार श्रेष्ठ (किसान) र बारा क्षेत्र नं ४ (२) को प्रदेशसभामा निर्वाचित जीतेन्द्र सोनललाई समर्थकहरूले चाँदीको मुकुट लगाएर सम्मान गरेका छन् ।
सोमवार बिहान बाराको इटियाहीमा मतदाताहरूलाई धन्यवाद दिन पुगेका श्रेष्ठ र सोनललाई समर्थक र कार्यकर्ताले चाँदीको मुकुट र ५१ किलोको माला लगाएर सम्मान गरेको लोसपाका नेता रमेश सर्राफले जानकारी गराएका छन् । बारा क्षेत्र नं ४ को प्रतिनिधिसभा सदस्यमा नेकपा एकीकृत समाजवादीबाट श्रेष्ठ र क्षेत्र नं ४ (२)को प्रदेशसभा सदस्यामा लोसपाबाट सोनल निर्वाचित भएका हुन् ।