चिरञ्जीवी सापकोटा, ठोरी, १२ मङ्सिर/

ठोरी गाउँपालिकामा राम–सीता विवाह महोत्सव सम्पन्न भएको छ । ठोरी  गापा–२ मा पर्ने सीतागुफामा आज वैदिक परम्परा अनुसार मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्र र सीताको विवाह हर्षाेल्लासका साथ सम्पन्न गरिएको राम जन्मभूमि क्षेत्र विकास समितिकी उपाध्यक्ष मीना गिरीले जानकारी दिइन् ।

विवाह महोत्सवमा उपस्थितहरूलाई दुर्ई पक्षमा विभाजन गरी रामपक्ष र सीतापक्ष बनाइ जन्ती लगेर सीतागुफा परिसरमा विवाह गरी राम–सीतालाई सीतागुफामा भिœयाइएको उपाध्यक्ष गिरीले जानकारी दिइन् ।

स्थानीयहरूले विगत केही वर्षदेखि मङ्सिर शुक्ल पञ्चमीको दिनमा र रामनवमीको दिनमा यस क्षेत्रमा धूमधामका साथ पूजनोत्सव गर्दै आइरहेका छन् ।

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले रामको जन्म ठोरीमा भएको भन्ने वक्तव्य दिएपछि झनै यसको महŒव बढेको छ । रामको जन्म ठोरीमा भएको भन्ने वक्तव्य ओलीले दिए तापनि राममन्दिर माडीमा बनाइएपछि स्थानीयहरूले दुःखेसो पोखेका छन् ।

ठोरी गापाका पूर्वअध्यक्ष पद्मलाल श्रेष्ठले यस क्षेत्रमा रामसीताको मूर्ति स्थापना गर्न शिलान्यास गरे तापनि दशगजा क्षेत्रमा उक्त मूर्ति स्थापना हुन नसक्दा बजेट फ्रिज भएको थियो ।

सीतागुफामा खोला तरेर जानुपर्ने बाध्यात्मक अवस्था रहेकोले सम्बन्धित निकायले झोलुङ्गेपुलको व्यवस्थापन गर्न सके यस क्षेत्र धार्मिक पर्यटकीय क्षेत्रको रूपमा विकसित हुने समितिकी कोषाध्यक्ष गीता विष्टले बताइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here