भारतको वाराणसीका एउटा पावरलूममा चोरी गर्ने नियतले पसेको एकजना युवकको मृत्यु भएको छ । चोरको टाउको पावरलूमको ढोकामा अड्कियो जसले गर्दा चोरको मृत्यु भयो ।

बिहान चोरलाई ढोकामा टाँसिएको देखेपछि स्थानीयले प्रहरीलाई जानकारी दिएका थिए । सारनाथ थाना क्षेत्रको दानियालपुरको ताडीखानास्थित पावरलूम दुई दिनदेखि बन्द थियो । शनिवार राति दानियालपुर निवासी जावेद चोरी गर्ने नियतले पावरलूममा प्रवेश गरिरहेका थिए । प्रहरीका अनुसार जब जावेद ढोकाबाट भित्र पस्ने प्रयास गरिरहेका थिए, त्यतिबेला उनको घाँटी अड्क्यो  जसले गर्दा उनको मृत्यु भयो ।

भनिन्छ जावेद सानोतिनो चोरीको घटनामा पक्राउ पर्दै आएका थिए । सो बेला पनि उनी चोरी गर्ने उद्देश्यले पावरलूममा प्रवेश गर्न खोजेको हुन सक्छ । जावेदकी पत्नी तरन्नुम रातभरि पतिको प्रतीक्षामा थिइन् र बिहान पतिको मृत्युको खबर सुनेपछि बेहोश भइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here