प्रस, वीरगंज, १० मङ्सिर/

पर्सा क्षेत्र नं ३ को प्रतिनिधिसभा सदस्यमा राजकुमार गुप्ता विजयी भएको घोषणापछि समानुपातिकको मतगणनामा प्रत्यक्षतर्फको मतपत्र समानुपातिकको मतगणनामा भेटिएको कुरालाई लिएर विवाद बढाइएको छ ।

निर्वाचन अधिकृत योगनाथ ढकालले समानुपातिकको मतगणना आइतवार सकिएपछि मात्र निर्वाचनको आधिकारिक घोषणा गर्ने र सबै कुराको जवाफ सोही बखत दिने बताए । उनले मतगणना जारी रहेको बखत सोसम्बन्धी कुराको जवाफ नदिने बताए ।

हामीलाई प्रFप्त समाचार अनुसार मङ्सिर ४ गते मतदान सकिएपछि मतपेटिकाको मुचुल्का गर्दा सो क्षेत्रमा कुल ६४ हजार ४१६ मत खसेको थियो । मतपेटिका खोलेर गणना गर्दा प्रत्यक्षतर्फ खसेको मतभन्दा २७८ मत कम देखिएको थियो । सोमध्ये अहिले समानुपातिकतर्फको मतगणना हुँदा प्रत्यक्षतर्फको ७० मत प्राप्त भएको छ । यसको आधिकारिता आइतवार मात्र निर्वाचन अधिकृतले गर्ने छन् । स्रोतकै अनुसार समानुपातितर्फको मतगणनामा बरामद प्रत्यक्षतर्फको ७० वटा मतपत्रमा ३२ वटा एमाले, १९ वटा नेका, १० वटा नेपाल सुशासन पार्टी, छवटा राष्ट्रिय स्वतन्त्र पार्टी र तीनवटा मतपत्र अन्य दललाई प्राप्त भएको छ । गुप्ताले १५१ मतबाट नेकाका सुरेन्द्रप्रसाद चौधरीलाई पराजित गरेको निर्वाचन अधिकृतको कार्यालयले घोषणा गरेको थियो । यो आँकडा हेर्दा एमालेका गुप्ता अझ बढी फरक मतले जित्ने देखिन्छ । तर यसको घोषणा निर्वाचन अधिकृतले नगर्दासम्म भन्न सकिंदैन । निर्वाचन अधिकृत ढकालले समानुपातिक मतगणना सकिएको क्षेत्र नं ४ का उम्मेदवारहरूलाई विजयी भएको प्रमाणपत्र शुक्रवार वितरण गरिएको र क्षेत्र नं ३ को समानुपातिकतर्फको मतगणना जारी रहेकाले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा जितेका तीनैजनालाई प्रमाणपत्र वितरण कार्य बाँकी रहेको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here