प्रस, वीरगंज, ३ मङ्सिर/
पर्सा जिल्लामा भोलि आइतवार १६७ वटा मतदानस्थल र ४८५ वटा मतदान केन्द्रमा निर्वाचन हुने जिल्ला निर्वाचन कार्यालय, पर्साले जनाएको छ।
पर्सा जिल्लामा रहेका १६७ मतदानस्थलमध्ये जिल्ला सुरक्षा समितिले ६३ वटा मतदानस्थललाई अतिसंवेदनशील, ८५ वटालाई संवेदनशील र १९ वटालाई सामान्य संवेदनशीलमा सूचीकृति गरी सोही अनुसार सुरक्षा व्यवस्था मिलाएको छ।
पर्सा जिल्लाको क्षेत्र नं १ (१) मा २२ वटा मतदानस्थलमा ४५ वटा मतदान केन्द्र छन्।
क्ष्Fेत्र नं १ (२)मा १२ वटा मतदानस्थलमा ४३ वटा मतदान केन्द्र छन् भने क्षेत्र नं २ (१) मा २१ वटा मतदानस्थलमा ५२ वटा मतदान केन्द्र र २ (२) मा १७ वटा मतदास्थलमा ५१ वटा मतदान केन्द्र छन्।
यसैगरी, क्षेत्र नं ३ (१) मा २२ वटा मतदानस्थलमा ५१ वटा मतदान केन्द्र, ३ (२) मा २५ वटा मतदानस्थलमा ५८ वटा मतदान केन्द्र छन्।
पर्सा क्षेत्र नं ४ (१)मा २५ वटा मतदानस्थलमा ५५ वटा मतदान केन्द्र र क्षेत्र ४ (२)मा २३ वटा मतदानस्थलमा ५७ वटा मतदान केन्द्र छन्।
निर्वाचनका लागि पर्सा जिल्लाका ३,३०० कर्मचारीहरू खटेका छन्। यसैगरी, चार हजार ५०० भन्दा बढी तीनै तहका सुरक्षाकर्मी मतदानस्थलमा खटिएका छन्।