प्रस, वीरगंज, २ मङ्सिर/

मधेस प्रदेशमैं पहिलोपटक आइस्क्यान प्रोसेसरयुक्त इन्डोस्कोपी मेशिन वीरगंजमा सञ्चालन भएको छ। पेटरोग विशेषज्ञ तथा इन्डोस्कोपिस्ट डा राकेश झाले मधेस प्रदेशमा पहिलोपटक आइस्क्यान प्रोसेसरयुक्त इन्डोस्कोपी मेशिन सञ्चालनमा आएको बताए।

युरोपियन सोसाइटी अफ ग्यास्ट्रोइन्टेस्टिनल इन्डोस्कोपी तथा वल्र्ड इन्डोस्कोपी अर्गनाइजेशनबाट मान्यताप्राप्त आइस्क्यान प्रोसेसरयुक्त इन्डोस्कोपी मेशिन ग्यास्ट्रो एन्ड लिभर क्लिनिक इन्डोस्कोपी सेन्टर वीरगंजमा सञ्चालन भएको उनले बताए। काठमाडौंमा भन्दा यो उपचार विधि वीरगंजमा सस्तो रहेको डा झाले बताए। काठमाडौंमा यो उपचार विधि अपनाउनेले रु साढे पाँच हजार तिर्नुपर्ने तर वीरगंजमा रु साढे तीन हजारमा आफूले सेवा दिइरहेको उनले बताए।

आइस्क्यान प्रोसेसरयुक्त इन्डोस्कोपी मेशिनको प्रयोगबाट पेट तथा आन्द्राको क्यान्सर र अल्सरको पहिचान पहिलो चरणमा गरी त्यसको उपचार समयमैं गर्न सकिने उनले बताए। उनले रोग पत्ता लाग्दा समयमा उपचार गरेर समस्याको समाधान गर्न सकिने बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here