सञ्जय मित्र, गरुडा, ३० कात्तिक/
प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि रौतहट जिल्लाका चारवटा निर्वाचन क्ष्Fेत्रबाट १२ जना महिला चुनावी मैदानमा छन् । दुवै पदको प्रत्यक्षतर्फ यसपटक रौतहटमा १२ जना महिलाको उम्मेदवारी रहेको र यो सङ्ख्या प्रतिशतको हिसाबले ६ रहेको छ ।
रौतहटमा २०७ जनाले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यमा उम्मेदवारी दर्ता गराएकामा १२ जना महिला रहेको जिल्ला निर्वाचन कार्यालय, रौतहटले जनाएको छ ।
प्रतिनिधिसभाको लागि क्षेत्र नं १ मा १७ जना उम्मेदवार रहेकामा १५ जना पुरुष र दुईजना महिला छन् ।
क्षेत्र नं १ (१)को प्रदेशसभा सदस्यमा ३१ जनाको मनोनयन परेकामा २९ जना पुरुष र दुईजना महिला छन् । यसैगरी, क्षेत्र नं १ (२)मा १८ जनाको उम्मेदवारी परेकामा १७ जना पुरुष र एकजना महिला छन् ।
क्षेत्र नं २ मा प्रतिनिधिसभाको लागि १५ जनाको उम्मेदवारी परेको छ । महिलाको उम्मेदवारी भने छैन ।
क्षेत्र नं ३ मा प्रतिनिधिसभा सदस्यको लागि १९ जनाको उम्मेदवारी परेकामा महिला छैन । यो क्षेत्रको १ बाट प्रदेशसभा सदस्यमा नौजनाको उम्मेदवारी परेको छ र यसमा पनि महिला छैन ।
क्षेत्र नं ४ बाट प्रतिनिधिसभा सदस्यमा १८ जनाको उम्मेदवारी परेकामा दुईजना महिला सदस्य छन् । यो क्षेत्रको १ मा प्रदेशसभा सदस्यमा १३ जना उम्मेदवार छन्, जसमा एकजना महिला छन् । यसैगरी, ४ (२)मा २४ जना उम्मेदवारमा एकजना महिलाको उम्मेदवारी छ ।
रौतहट जिल्लामा प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ १२ जना महिलाको उम्मेदवारी परे पनि एकजना महिला मात्रै अहिलेसम्म चुनावी प्रतिस्पर्धामा देखिएकी छन् ।
प्रदेशसभा सदस्यमा क्षेत्र नं ३ (१)बाट जसपाकी उम्मेदवार पूजा चौधरी प्रतिस्पर्धामा देखिएकी हुन् । उनी गोविन्द चौधरीकी छोरी हुन् । पिता राजनीतिमा लागेका कारण उनको चर्चा यो क्षेत्रमा बढी छ र जीतको सम्भावना पनि छ ।
रौतहट क्षेत्र नं १ (२)बाट हाम्रFे नेपाली पार्टीले प्रदेशसभा सदस्यमा किरणकुमारी साहलाई चुनावी मैदानमा उठाएको छ । यसैगरी, २ (१)बाट जनता प्रगतिशील पार्टीले हुस्नेआरा खातुनलाई र १ (१)बाट नेपाल सुशासन पार्टीले मनीता कुमारीलाई चुनावमा खडा गराएको छ तर प्रदेशसभामा चौधरीबाहेक कसैले पनि प्रतिस्पर्धामा आउन सक्ने सङ्केत देखाएका छैनन् ।