प्रस, सेढवा, २६ कात्तिक/

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनका लागि उम्मेदवारहरूले प्रचारप्रसार गर्ने विभिन्न गतिविधिका कारण सर्वसाधारणले कठिनाइ भोग्नुपरेको छ ।

मत माग्ने क्रममा घरदैलो, जुलुस, आमसभा, ¥यालीलगायतका कार्यक्रमको आयोजना गर्ने क्रममा ठूलो सङ्ख्यामा प्रयोग हुने मोटरसाइकल र गाडीहरू तीव्र गतिमा चलाएका कारण कठिनाइ भोग्नुपरेको स्थानीयहरूले गुनासो गरेका छन् । सडकमा ससाना बालबालिका खेलिरहेको हुने तथा हाँस–कुखुराहरूबाट सवारी दुर्घटना हुन सक्ने जोखिम रहेको स्थानीयले गुनासो गरे । यसका साथै मुख्य सडकमा घर भएकालाई तीव्र गतिका सवारीसाधनबाट उडेको धूवाँ धूलोका कारण घरबाहिर बस्न सक्ने अवस्था नरहेको बताए ।

यसका साथै प्रचारप्रसारका क्रममा विभिन्न राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारले ठूलो स्वरमा डिजे तथा साउन्ड बक्स बजाउँदै चुनाव प्रचार गर्दा ध्वनि प्रदूषण बढेको छ । चर्को आवाजमा बजेका डिजेका कारण दीर्घरोगी तथा बालबालिकालाई समस्या हुने गरेको स्थानीयले गुनासो गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here