नितेश कर्ण, वीरगंज, २३ कात्तिक/

पर्सा जिल्लाका १६७ वटा मतदानस्थलमध्ये ६३ वटा मतदानस्थल अतिसंवेदनशील सूचीमा राखिएका छन् ।

जिल्ला सुरक्षा समितिको अनुगमनपछि ६३ वटा मतदानस्थललाई अतिसंवेदनशील, ८५ वटा संवेदनशील र १९ वटा सामान्य संवेदनशीलमा सूचीकृति गरिएको सशस्त्र प्रहरीका सूचना अधिकारी एवं सशस्त्र प्रहरी नायब उपरीक्षक सन्तोष बस्नेतले बताए । पर्सा जिल्लामा १६७ वटा मतदानस्थलमा ४८५ वटा मतदान केन्द्र छन् । जिल्लाको क्षेत्र नं १ (१) मा २२ वटा मतदानस्थलमा ४५ वटा मतदान केन्द्र छन् । यसैगरी, १ (२) मा १२ वटा मतदानस्थलमा ४३ वटा मतदान केन्द्र छन् भने क्षेत्र नं २ (१) मा २१ वटा मतदानस्थलमा ५२ वटा मतदान केन्द्र र २ (२) मा १७ वटा मतदास्थलमा ५१ वटा मतदान केन्द्र छन् । यसैगरी, क्षेत्र नं ३ (१) मा २२ वटा मतदानस्थलमा ५१ वटा मतदान केन्द्र, ३ (२) मा २५ वटा मतदानस्थलमा ५८ वटा मतदान केन्द्र छन् । यसैगरी, क्षेत्र नं ४ (१)मा २५ वटा मतदानस्थलमा ५५ वटा मतदान केन्द्र र क्षेत्र ४ (२)मा २३ वटा मतदानस्थलमा ५७ वटा मतदान केन्द्र छन् ।

जिल्ला निर्वाचन कार्यालय, पर्साकी प्रमुख निर्वाचन अधिकृत रञ्जीता झाले पर्सा जिल्लामा स्वयंसेवक/सेविकाबाहेक तीन हजार ३०० जना कर्मचारी निर्वाचन परियोजनका लागि खटिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here