ओमप्रकाश चौधरी, सेढवा, १६ कात्तिक/

पर्साका ग्रामीण किसानहरूले हिउँदे बाली अन्तर्गत सुर्ती र तेलहन बाली अन्तर्गत तोरीको रोपाइँ शुरू गरेका छन् ।

धानबालीको भदई तथा चैते धान भिœयाइसकेपछि सुर्तीको रोपाइँ र तोरी छर्न किसानहरूलाई भ्याइनभ्याइ भइरहेको छ । ठोरी गाउँपालिकामा सम्पूर्ण धान भिœयाइसकिएको र हिउँदे बालीका लागि खेत तैयारी भइसकेकाले अहिले रोपाइँ शुरू भइसकेको ठोरी गाउँपालिका वडा नं ४ विजयबस्तीका किसान बलबहादुर बस्नेतले बताएका छन् । यस वर्ष आवश्यकता अनुसार पानी परेको कारण तोरी छर्नको लागि जमीनमा उपयुक्त चीसोपन भएको उनले बताए । यस क्षेत्रमा २/३ दिनभित्र तोरी छर्ने कार्य सम्पन्न हुने श्रेष्ठले बताए । तोरी तीन महीनाको समयावधिमा उखेली किसानहरूले भिœयाउने गर्छन् ।

त्यस्तै, नगदेबालीमा पर्ने सुर्तीको रोपाइँ धमाधम भइरहेको छ । सुर्तीको बीउ उत्पादन गर्ने जिम्मा लिएका किसानहरूले ब्याडमा बीउ तैयार गरिसकेको अवस्थामा अन्य किसानहरूले रोपाइँ शुरू गरेका छन् । ठोरी, जीराभवानी, पटेर्वासुगौली, सखुवाप्रसौनी लगायतका गाउँपालिकाका किसानहरू सुर्ती रोपाइँमा व्यस्त छन् । ठोरी गाउँपालिका वडा नं ५ सुवर्णपुरका किसान निरोज बस्नेतले सुर्तीखेतीमा मुनाफा घट्दै गएको बताए । सरकारले रासायनिक मल उपलब्ध नगराउँदा महँगो मूल्यमा भारतीय बजारबाट मल ल्याउनुपरेकोले समस्या बढेको बताए । ५० किलो बोराको एक हजार मूल्य पर्ने युरिया भारतमा दुई हजार र नेपालमा दुई हजार पर्ने डिएपी मल तीन हजार २०० रुपियाँमा ल्याउनुपरेको किसान बस्नेतले बताए । इन्धनको मूल्यवृद्धि भएसँगै कृषि प्रयोजनका सामग्रीहरूको पनि मूल्यवृद्धि भएको तर सूर्य नेपालले किसानसँग उत्पादनको मूल्य पुरानै दरमा खरीद गर्दा समस्या भएको किसानहरूको गुनासो छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here