प्रस, पचगावाँ, ११ कात्तिक/

पर्सा क्ष्Fेत्र नं. ३ बाट प्रतिनिधिसभाका उम्मेदवार नेकाका सुरेन्द्रप्रसाद चौधरी, एमालेका राजकुमार गुप्ता र नेपाल सुशासन पार्टीका उम्मेदवार राजकुमार यादवको चर्चा छ ।

यो क्ष्Fेत्रबाट यी तीनजनाबीच भिडन्त हुने सम्भावना छ । यस अघि यो क्षेत्रबाट जसपाका उम्मेदवार हरिनारायण रौनियार जितेका थिए । विशेष अदालतमा उनीविरुद्ध मुद्दा दायर भएकोले हाल उनी निलम्बित रहेकाले चुनावमा उम्मेदवारी दिन पाएनन् । जसपा–एमाले गठबन्धनबाट गुप्ता चुनावी मैदानमा छन् । यस अघि उनी पराजित भएका थिए ।

पहिलो संविधानसभा निर्वाचनमा गुप्ता जितेका थिए । त्यस अघि निर्वाचित नेकाका सुरेन्द्रप्रसाद चौधरी दुईपटकको लगातार पराजयपछि जित्ने तयारीमा छन् । उनी यस अघि तीनपटक जितिसकेका छन् ।

कुनै बेला एमालेमा रहेका यादव यसपटक नेपाल सुशासन पार्टीबाट चुनाव लड्दै छन् । यस अघि उनी नेपाल जनता दलबाट चुनाव लडेका थिए ।

प्रदेशसभामा क्षेत्र नं. ३ (क)बाट स्वतन्त्र उम्मेदवार चन्द्रकिशोर चौधरी, एमालेका अब्दुल रहीम (मन्जुर) अन्सारी, माओवादी केन्द्रका छोटेलाल यादव, स्वतन्त्र उम्मेदवार नीरराज गिरी, नेपाल सुशासन पार्टीका शिवकुमार साह तेली, अर्का स्वतन्त्र उम्मेदवार प्रमोद जयसवालबीच प्रतिस्पर्धा हुने आकलन गरिएको छ । यस अघि यो क्षेत्रबाट जसपाका अब्दुल रहिम (मन्जुर) अन्सारी निर्वाचित भएका थिए । यसपटक उनी उम्मेदवार भएका छन् तर एमालेबाट । यसैगरी जसपाबाट टिकट नपाएपछि शिवकुमार तेली नेपाल सुशासन पार्टीबाट चुनावी मैदानमा छन् ।

क्षेत्र नं. ३ (ख)मा सत्तारूढ गठबन्धनबाट जनार्दनसिंह क्षत्री, एमाले–जसपा गठबन्धनबाट मधु गुप्ता, नेपाल सुशासन पार्टीबाट गौरीशङ्कर साह, नेकपा एकीकृत समाजवादी पार्टीबाट प्रह्लाद गिरी चुनावी मैदानमा छन् । यस अघि गिरी जसपाबाट निर्वाचित भएका थिए । यो चुनावमा उनी नेकपा (एस)बाट उम्मेदवार भएका छन् ।

एमाले प्रवेश गरेका गिरीले पार्टीबाट टिकट नपाएपछि चुनावको मुखमा उम्मेदवारी दिने बेला नेकपा (एस)मा प्रवेश गरेका हुन् । सत्तारूढ पाँच दलीय गठबन्धनमा नेका, नेकपा (एस) पनि छ । दुवैबाट उम्मेदवारी परेपछि यो क्षेत्रमा स्वस्थ प्रतिस्पर्धा हुने भनेर दुवैले आआफ्नो पक्षमा मत माग्दैछन् । यो क्षेत्रबाट नेका सभापतिसमेत रहेका जनार्दनसिंह क्षत्री उम्मेदवार छन् । अघिल्लो चुनावमा उनी ९७ मतले गिरीसँग पराजित भएका थिए ।

जसपाबाटै टिकट नपाएपछि गौरीशङ्कर साह नेपाल सुशासन पार्टीबाट चुनाव लडिरहेका छन् । यसैगरी, यो क्षेत्रबाट जसपा–एमाले गठबन्धनबाट जसपाकी मधु गुप्ता चुनावी मैदानमा छिन् । गुप्ता यो क्षेत्रका प्रतिनिधिसभामा विजयी हरिनारायण रौनियारकी छोरी हुन् । पिताले टिकट नपाएपछि उनी चुनावी मैदानमा ओर्लिएकी हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here