प्रस, पर्सागढी, ५ कात्तिक/
वीरगंज महानगरपालिका–३१ वडा समितिको कार्यालयले एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको
छ ।
वीरगंज महानगरपालिकामा गाभिनुअघि नमूना गाविस बेलवा घोषित भएपछि २०७३ सालमा एम्बुलेन्स खरीद भएको थियो । तर केही समय मात्र एम्बुलेन्स सञ्चालनमा आयो र त्यसपछि सेवा बन्द भएको थियो । २०७४ सालको स्थानीय चुनावपछि सो एम्बुलेन्सलाई वडा समिति कार्यालयले पुनः सञ्चालनमा ल्याएको थियो ।
तर एम्बुलेन्स बिग्रियो र मर्मत सम्भारको अभावमा थन्क्याएर राखिएको थियो ।
त्यही थन्क्याएर राखिएको एम्बुलेन्सलाई वडा समितिको कार्यालय र सबैया साझेदारी वन उपभोक्ता समितिको आर्थिक लगानीमा मर्मत सम्भार गरेर सञ्चालनमा ल्याएको वडाध्यक्ष जीतेन्द्र यादवले बताए । उनले एम्बुलेन्सको अभावमा वडावासी पर्सागढी र जीतपुरसिमरा उपमहानगरबाट सञ्चालित एम्बुलेन्स सेवा लिन बाध्य भएका तर अब वडाबाटै सो सेवा सञ्चालन गरिएपछि सबै खुशी भएको बताए । उनले वडावासीको लागि एम्बुलेन्स सेवामा न्यूनतम दररेट राखिएको बताए ।