प्रस, सेढवा, ३० असोज/

पर्साको पटेर्वासुगौली गाउँँपालिका वडा नं ४ बगडाडोबमा पाटेबाघ मृत फेला परेको छ । राष्ट्रिय वनबाट करीब तीन सय मिटर दक्षिण भलुवाही खोलानजीकै पाटेबाघ मृत अवस्थामा आइतवार फेला परेको हो ।

मृत भेटिएको नौ फिट चार इन्च लामो सो बाघका दुर्ईवटा खुट्टा काटेर लगेको पाइएको डिभिजन वन कार्यालय, पर्साले जनाएको छ । तीन/चार दिन अघि नै मरेको बाघको शरीरबाट दुर्गन्ध पनि आउन थालेको डिभिजन वन कार्यालयका प्रवक्ता फरमान मियाँले जानकारी दिए ।    

मृत बाघको चितवनबाट आएको  प्राविधिक विज्ञहरूको टोलीले शल्यपरीक्षण गरेका थिए । बाघको उचाई साढे तीनफिट र लम्बाई साढे नौ फिट रहेको र सबडिभिजन वन कार्यालय, वसन्तपुरमा गाडिएको डिभिजन वन कार्यालयका प्रमुख सुवासचन्द्र दासले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here