राजेश केशरीवाल, रक्सौल, ३० असोज/
बाल विवाह मुक्त भारत बनाउने महाअभियान अन्तर्गत पूर्वीचम्पारणको रक्सौल ब्लक अन्तर्गत २५ गाउँमा ¥याली आयोजना गरिएको थियो ।
नोबेल पुरस्कार विजेता कैलाश सत्यार्थीको आह्वानमा भारतभरी ¥याली मार्फत् जनचेतना फैलाउने कार्य भइरहेको छ ।
जागरुकता ¥यालीलाई बिहारका कानुन मन्त्री डा शमीम अहमदले झन्डा देखाएर प्रारम्भ गरेका थिए ।
¥यालीमा सहभागी रक्सौलस्थित लक्ष्मीपुर, नोनेयाडीह, धनगढवा, भरतमही, एकडेरवा , हरैया, रामगढवाको सिहोरवा, बरईया टोला, सिंघासनी, गुरहेनवा, चिकनी, भलवाहिया, आदापुर ब्लक अन्तर्गत सिरिसिया माल, नकरदेई, भकुरहिया, हरपुर, दक्षिणी नकरदेई, बसतपुर, खैरवा तथा सुगौली ब्लाककोे नायकटोला, उत्तरी श्रीपुरगोपालपुर, गोविंदापुर, डंडी टोला, बहुरूपिया, बेगिया पैंडेटोलालगायत २५ गाउँका ग्रामीणले बालविवाह न गर्ने सपथ लिएका थिए ।
कार्यक्रममा एसएसबी ४७औं बटालियनका एन्टी ह्युमन ट्रैफिकिंग युनिटका इन्सपेक्टर मनोजकुमार शर्मा ग्रामीणलाई कम उमेरमा बालबालिकाको विवाह गर्न कानुनी रूपमा अपराध भएको बताए । त्यसो गर्दा बालबालिकाको भविष्य अन्धकारमय हुने उनले बताए । उनले बालबालिकालाई शिक्षित गर्नु पर्ने आवश्यकता रहेको बताए ।
प्रयास जुवेनाइल एड सेंटर पूर्वी चंपारणकी आरती कुमारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कानुनी सल्लाहकार मो. कैसर रेजा, मो. अफताब आलम, विजय कुमार शर्मा, राज गुप्ता, कन्हैया कुमार, अभिषेक कुमार, उमेश कुमार श्रीवास्तव, नवीन कुमार, किरण वर्मालगायतको सहभागिता थियो ।