कोलम्बो, ३० असोज/सिन्ह्वा
श्रीलङ्कामा गएको ७२ घण्टामा बाढी र पहिरोबाट तीनजनाको मृत्यु भएको छ । यस प्रकोपमा परी १३ हजार ९०२ परिवारका ५५ हजारभन्दा बढी मानिस प्रभावित भएको विपद् व्यवस्थापन केन्द्र (डिएमसी)ले आइतवार जनाएको छ ।
बाढी र पहिरो ल्याएको वर्षाको मौसम बुधवारसम्म जारी रहने डिएमसीले जनाएको छ । भारी वर्षा जारी रहेमा केही क्षेत्रमा बाढीको जोखिम बढ्ने सिंचाइ निर्देशक सुगेश्वरले बताएका छन् ।
प्रतिकूल मौसम अवस्थालाई ध्यानमा राख्दै छ जिल्लाका लागि जारी गरिएको पहिरोको चेतावनीलाई थप गरिएको डिएमसीले जनाएको छ । हालको भारी वर्षा देशनजीकैको इन्टरट्रोपिकल कन्भर्जेन्स जोन (आइटिसिजेड)को प्रभावका कारण भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । रासस