प्रस, वीरगंज, २९ असोज/
२८ औं राष्ट्रिय कन्डम दिवस वीरगंजमा विभिन्न कार्यक्रम आयोजना गरी मनाइएको छ ।
नेपाल रेडक्रस सोसाइटीको आयोजना तथा विजाम, नेपाल अराधना समाज, सहयात्री समाज, सानो पाइलालगायत संस्थाको सहयोगमा घण्टाघरबाट ¥याली निकालेर नगरपरिक्रमा गरी पुनः घण्टाघरमा कोणसभा भएको थियो ।
दोहोरो सुरक्षाका लागि कन्डमको पहुँच बढाऔं भन्ने नाराका साथ निस्केको ¥यालीको उद्घाटन प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले गरेका थिए ।
नेरेसो पर्साका मन्त्री शैलेन्द्र चौरसियाको अध्यक्षतामा भएको कोणसभामा वीरगंज महानगरका सुनीलकुमार कुर्मीले महानगरको सबै स्वास्थ्य केन्द्रहरू निश्शुल्क कन्डम व्यवस्था गरिएको बताए । उनले असुरक्षित यौन सम्बन्ध राख्दा हुने विभिन्न खाले रोगबाट जोगिन र परिवार नियोजनका लागि कन्डम प्रयोग गर्न सुझाए ।
स्वास्थ्य कार्यालयका अनिलकुमार यादवले कन्डमको विषयमा सबैजना सचेत हुन जरूरी भएको बताए ।
उनले सुरक्षित यौन कार्यका लागि कन्डम प्रयोग गर्नेहरू विभिन्न रोगको खतराबाट जोगिने बताए । उनले कन्डमको पहुँच बढाउन आग्रह पनि गरे ।
कोणसभाको सहजीकरण विजामका नीरज साह गरेका थिए ।