कास्की, २८ असोज/रासस

पर्यटकीय नगरी पोखरामा नवौं राष्ट्रिय खेलकूदको समुद््घाटन समारोहका अवसरमा मार्चपाससहित विभिन्न सांस्कृतिक कार्यक्रम गरिएको छ ।

 ‘एकताबद्ध देश खेलकूदको सन्देश’ नाराका साथ शुरू नवौं राष्ट्रिय खेलकूदको भव्य समारोहका बीच उपराष्ट्रपति नन्दबहादुर पुनबाट औपचारिक उद्घाटन गर्ने कार्यक्रममा रङ्गशालामा सातवटै प्रदेश, तीन विभागीय, एनआरएनसहित ११ टीमका खेलाडी, अफिसियल, प्रशिक्षक, खेलप्रेमी र आम सर्वसाधारण सहभागी थिए ।

उद्घाटन समारोहमा युवा तथा खेलकूदमन्त्री महेश्वरजङ्ग गहतराज, संस्कृति तथा पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ, गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङ, मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल, आयोजक राष्ट्रिय खेलकूद परिषद्का सदस्य–सचिव टङ्कलाल घिसिङलगायत विशिष्ट व्यक्तिको सहभागिता थियो ।

उद्घाटन समारोहमा सातवटै प्रदेशका टीम, नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीबाट मार्चपास गरिएको थियो । मार्चपासमा नवौं राष्ट्रिय खेलकूदका लागि तयार गरिएको गण्डकी प्रदेशमा पाइने कस्तुरी मृगको मस्कट सहभागी थियो । यस क्रममा विभिन्न जातजातिका सांस्कृति झाँकी प्रस्तुत गरिएको थियो ।

रङ्गशालाका प्यारापिटमा खेलकूदप्रेमीको उल्लेख्य उपस्थिति थियो ।

समारोहमा मूल आयोजक समितिका अध्यक्ष एवं युवा तथा खेलकूदमन्त्री गहतराजले नवौं राष्ट्रिय खेलकूदको झन्डा झन्डोत्तोलन गरेका थिए । झन्डामा गण्डकी प्रदेशको राजधानी पोखरा र माछापुच्छ«ेलाई रेखाङ्कित गरिएको छ । कार्यक्रममा मन्त्री गहतराजले खेलकूदको विकासका लागि तीनवटै तहका सरकार लाग्नुपर्ने बताए । खेलकूदको गुरुयोजनालगायतका कार्यक्रमअघि बढाइएको उनले बताए । केन्द्रदेखि स्थानीय तहसम्म खेलसम्बद्ध निकाय खेलको विकासका लागि लागेको उनले बताए । सङ्घीय संरचना अनुसार सबै प्रदेशले आफ्नो तयारीसहित पहिलोपटक यस प्रतियोगितामा सहभागी भएको उनले जानकारी दिए । प्रतियोगितासँगै आगामी दिनमा खेलाडीहरू राष्ट्रिय एवं अन्तर्राष्ट्रियरूपमा प्रतिस्पर्धा गर्न सक्ने उनले विश्वास व्यक्त गरे ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पोखरेलले गण्डकी प्रदेशमा नवौं राष्ट्रिय खेलकूद गण्डकीमा हुनु समग्र गण्डकी प्रदेशका लागि गौरव भएको बताए । गण्डकी प्रदेशमा खेल पर्यटनका पर्याप्त सम्भावना रहेको उनको भनाइ थियो । खेलका माध्यमबाट अन्तर्राष्ट्रिय एवं राष्ट्रियरूपमा एकता कायम गर्ने उनले बताए । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री एवं ओलम्पिक कमिटीका अध्यक्ष श्रेष्ठले पोखरामा भएको यस खेलले खेल क्षेत्रको विकाससँगै गण्डकी प्रदेशको पर्यटकीय सम्भावनालाई अझै उजागर गर्ने बताए ।

राष्ट्रिय खेलकूद परिषद्का सदस्य–सचिव घिसिङले स्वागत गर्दै नेपाली खेलकूदको इतिहासमा यसको महŒवपूर्ण स्थान रहने बताए । कुल ३६ वटा खेल र दुई प्रदर्शनीसहित ३८ खेल समावेश भएको प्रतियोगितामा सात प्रदेश, तीन विभागीय र एनआरएन गरी ११ टोली सहभागी छन् । कुल छ हजार १५७ खेलाडीले प्रतिस्पर्धामा भाग लिने जनाइएको छ ।

प्रतियोगितामा करीब एक हजार तीन पदकका लागि प्रतिस्पर्धा हुन लागेको हो । विसं २०३८ देखि शुरू नेपाली राष्ट्रिय खेलकूदको इतिहासमा विसं २०४० मा दोस्रो संस्करणको राष्ट्रिय खेलकूद गर्ने अवसर पाएको पोखरालाई ३९ वर्षपछि नवौं राष्ट्रिय खेलकूद घरेलु मैदानमा गर्ने मौका मिलेको हो ।

छत्तीस खेलमध्येका २६ खेल पोखरामा र अन्य गण्डकीका सात जिल्लामा भइरहेको छ । गण्डकीका लमजुङ, मनाङ र मुस्ताङबाहेकका सबै जिल्लामा नवौं राष्ट्रिय खेलकूदका खेल सञ्चालन भएका छन् । उद्घाटनकै अवसरमा निर्णयाकका तर्फबाट भलिबलका रेफ्री पहलसिंह थापा र खेलाडीका तर्फबाट प्याराग्लाइडिड्ढा सुशील गुरुङले प्रतियोगितामा समावेश सम्पूर्ण खेलमा राष्ट्रिय एवं अन्तर्राष्ट्रिय नियम अनुसार खेल्ने तथा खेलाउने प्रतिबद्धतासहित शपथ लिएका थिए । रङ्गशालामा विभिन्न सांस्कृतिक प्रदर्शनी सञ्चालन भएको थियो ।

फूटबलमा सुदूरपश्चिम प्रदेश विजयी

नवौं राष्ट्रिय खेलकूद प्रतियोगिता अन्तर्गत पुरुष फूटबलको आजको खेलमा सुदूरपश्चिम प्रदेश विजयी भएको छ । पोखरा–१९ लामाचौरस्थित गोस्तेघाट खेल मैदानमा भएको समूह ‘डी’ को खेलमा सुदूरपश्चिमले कर्णाली प्रदेशमाथि ५–३ गोलको सानदार जीत निकालेको हो । प्रतिस्पर्धात्मक बनेको खेलको दोस्रो हाफमा कर्णाली सम्हालिन नसक्दा हार बेहोर्न बाध्य भएको हो ।

खेलको ३८औं मिनेटमा कर्णालीका करण रावतले आत्मघाती गोल गरेपछि सुदूरपश्चिम १–० को अग्रतामा रह्यो । पहिलो हाफमा १–० ले रोकिएको खेलको दोस्रो हाफमा कुल सात गोल भयो ।

खेलको ५८औं मिनेटमा ज्ञानेन्द्र जोशीले गोल गर्दै सुदूरपश्चिमको अग्रता दोब्बर पारे । खेलको ६२औं मिनेटमा कर्णालीका विकेश सन्तोषीले गोल गर्दै २–१ को स्थितिमा खेल पु¥याए ।

दोस्रो हाफको ७७औं मिनेटमा कुवेर सिंहले गोल गर्दै ३–१ बनाएपछि कर्णाली दबाबमा परेको थियो । खेलमा ८४औं मिनेटमा कर्णालीका विकेशले व्यक्तिगत दोस्रो गोल गर्दै ३–२ को स्थितिमा खेल पु¥याउँदै टोलीलाई खेलमा फर्काउने प्रयास गरे ।

त्यसको दुई मिनेटपश्चात् सुदूरका सशाङ्क बोहोराले गोल गर्दै अन्तर फराकिलो बनाए । खेलको ९४औं मिनेटमा दिरेन्द्र शाहले गोल गर्दै जीत निश्चित गराए । त्यसको एक मिनेटपछि कर्णालीका विकेशले पेनाल्टीमा गोल गर्दै ह्याट्रिक पूरा गरे पनि टोलीलाई जीत दिलाउन सकेनन् ।

प्रतियोगिता अन्तर्गत शनिवार दुई खेल हुनेछन् । समूह ‘बी’ अन्तर्गत मधेस प्रदेश र सशस्त्र प्रहरी बलको एपिएफ क्लबबीच पहिलो तथा समूह ‘ए’ अन्तर्गत प्रदेश–१ र गण्डकी प्रदेशबीच दोस्रो खेल हुने खेल तालिका छ ।

सेनालाई फेन्सिङमा पाँच स्वर्ण पदक

कास्की/

पोखरामा जारी नवौं राष्ट्रिय खेलकूद प्रतियोगिता अन्तर्गत फेन्सिड्ढो पुरुष ‘टीम इपी’ खेल विधामा विभागीय नेपाली सेनाले स्वर्ण पदक जितेको छ । पोखरा रङ्गशालाको ब्याडमिन्टन कोर्टमा आज सम्पन्न फाइनल खेलमा सेनाले अर्काे विभागीय टोली सशस्त्र प्रहरीको एपिएफलाई ४५–२८ अङ्कले पछि पार्दै स्वर्ण जितेको हो ।

आर्मीका लागि यो फेन्सिङमा पाँचौं स्वर्ण पदक हो । उपविजेता एपिएफले रजत पदक जित्दा आयोजक गण्डकी प्रदेश र वाग्मती प्रदेशले कांस्य पदकमा चित्त बुझाए ।

यही असोज २४ गतेदेखि सञ्चालन भएको फेन्सिङतर्फ छ खेल व्यक्तिगत र छ खेल टीम विधामा गरी १२ स्वर्ण पदकका लागि प्रतिस्पर्धा भएको थियो ।

फेन्सिड्ढो अन्तिम अङ्कतालिका अनुसार सेना च्याम्पियन बनेको छ । सेनाले पाँच स्वर्ण, पाँच रजत र सात कांस्यसहित १७ पदक जितेको छ । यसैगरी, वाग्मतीले चार स्वर्ण, तीन रजत र एक कांस्यसहित आठ पदक जितेर द्वितीय स्थानमा छ ।

यसैगरी, एपिएफ दुर्ई स्वर्ण, चार रजत र सात कांस्यसहित १३ पदकका साथ तृतीय स्थानमा छ । सुदूरपश्चिम प्रदेश एक स्वर्ण र दुर्ई कांस्यसहित तीन पदकका साथ चौथो स्थानमा रहेका छन् । आयोजक गण्डकी प्रदेशले चार कांस्य पदक जित्दै पाँचौं स्थानमा रहँदा प्रदेश नं १ ले तीन कांस्य पदकसहित पदक तालिकाको पुछारमा छ ।

बुद्धिचाल प्रतियोगितामा रूपेश र सुजनाको विजयी सुरुआत

गोरखा/

नवौं राष्ट्रिय खेलकूद प्रतियोगिता अन्तर्गत गोरखा जिल्लामा भइरहेको बुद्धिचाल प्रतियोगितामा रूपेश जैसवाल र सुजना लोहनीले जीतको सुरुआत गरेका छन् । प्रतियोगिता अन्तर्गत भएको पहिलो चरणको खुला क्लासिकल इभेन्टमा विभागीय टोली त्रिभुवन आर्मी क्बलका जैसवालले गण्डकी प्रदेशका लेकबहादुर थापालाई पराजित गरेका हुन् ।

त्यस्तै, पहिलो चरणको महिला क्लासिकल इभेन्टमा त्रिभुवन आर्मी क्बलकी सुजना लोहनीले वाग्मती प्रदेशकी मार्शल तामाङलाई पराजित गरेको निर्णायक दीपेश गिरीले जानकारी दिए ।

प्रतियोगिता अन्तर्गत खुला क्लासिकलतर्फको पहिलो चरणको खेलमा नेपाल प्रहरीका फिडे मास्टर शिक्षित भण्डारीले सशस्त्र प्रहरी बलका विश्वविजय घिमिरेलाई पराजित गरे ।

त्यस्तै, त्रिभुवन आर्मीका क्यान्डिडेट मास्टर मिलन लामा र मधेस प्रदेशका मनोज विकबीच भएको प्रतियोगिता ‘ड्र’ भएको छ । खुला क्लासिकलतर्फ नै प्रदेश नं १ का जेम्जुङ प्रशान्त दासलाई पूर्वराष्ट्रिय च्याम्पियनसमेत रहेका सुरवीर लामाले पराजित गरेका छन् भने वाग्मती प्रदेशका निकेन कुसताले वाग्मती प्रदेशकै राजीव कार्कीलाई पराजित गर्न सफल भएका छन् ।

प्रतियोगिता अन्तर्गत महिला क्लासिकलतर्फको पहिलो चरणको खेलमा वाग्मती प्रदेशका लक्ष्मी कँडेलले सशस्त्र प्रहरी बलकी गीता जैसवाललाई पराजित गरिन् भने एनआरएनकी विनीता कपालीले मधेस प्रदेशकी सङ्गीता महतोलाई पराजित गरी पहिलो उत्कृष्ट पाँचभित्र पर्न सफल भएका छन् । प्रतियोगितामा कुल ११ टीमको सहभागिता छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here