प्रस, वीरगंज, २८ असोज/

श्रीसिया नदी प्रदूषणमुक्त गर्ने सम्बन्धमा शुक्रवार वीरगंज उद्योग वाणिज्य सङ्घको सभाकक्षमा सरोकारवालाहरूको बैठक भएको छ ।

सङ्घका अध्यक्ष सुबोध गुप्ताको अध्यक्षता तथा वीरगंज महानगरका प्रमुख राजेशमान सिंहको प्रमुख आतिथ्यमा भएको बैठकमा पर्सा र बाराका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकाल, कृष्णबहादुर कटुवाल, वीरगंजका उपप्रमुख इम्तियाज आलम, जीतपुरसिमरा उपमहानगरका उपप्रमुख भोला अधिकारी, वीरगंजस्थित भारतीय महावाणिज्य दूतावासका वाणिज्यदूत तरुण कुमार, प्रहरी उपरीक्षक रमेश बस्नेत, सशस्त्र प्रहरी नायब उपरीक्षक सन्तोष बस्नेत, वीउवासङ्घका वरिष्ठ उपाध्यक्ष अनिलकुमार अग्रवाल, उपाध्यक्षद्वय हरि गौतम, माधव राजपाल, सचिव आशिष लाठ, सहकोषाध्यक्ष प्रेमचन्द्र गोयललगायतको सहभागिता थियो ।

छठ पर्व नजीकिएसँगै श्रीसिया नदी प्रदूषणमुक्त गर्नेबारे यसअघि यसैगरी सरोकारवालाहरूको बैठक बस्ने गरेको थियो । छठलाई लक्षित गरेर जिल्ला प्रशासन कार्यालय, पर्साले श्रीसिया नदीसँग जोडिएका उद्योगहरूलाई फोहर विसर्जनमा रोक लगाउँदै आएको थियो । यसपटक भने यो कार्यको अगुवाइ वीरगंज महानगरपालिकाले गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here