प्रस, वीरगंज, २२ असोज/

पर्सा–४ प्रतिनिधिसभा र ८ प्रदेशसभा निर्वाचन क्षेत्रको लागि तीन ठाउँमा  मतदान अधिकृतको कार्यालय स्थापना गरिएको छ ।

जिल्ला निर्वाचन कार्यालय पर्साकी प्रमुख रञ्जीता झाका अनुसार  निर्वाचन क्षेत्र नम्बर १ र २ को लागि वीरगंजको पावरहाउस नजीकै जिल्ला समन्वय समितिको कार्यालयसँगै रहेको पूर्वधार विकास कार्यालयमा मतदान अधिकृतको कार्यालय स्थापना गरिएको छ ।

त्यसैगरी पर्सा क्षेत्र नम्बर ३ को लागि पोखरिया नगरपालिका, नेपाल विद्युत् प्राधिकरणको कार्यालयमा र क्षेत्र नम्बर ४ को लागि धोबिनी गाउँपालिकाको लंगडी, पुस्तकालयमा मतदान अधिकृतको कार्यालय स्थापना गरिएको झाले बताइन् ।

निर्वाचन आयोगको कार्यतालिका अनुसार असोज २३ गते बिहान १० बजेदेखि साँझ ५ बजेसम्म मनोनयन दर्ताको समय रहेको छ भने साँझ ५ बजेदेखि ७ बजेसम्म नामावली प्रकाशन गर्ने समय तालिका ।

पर्सा निर्वाचन क्षेत्र नं १ हेर्न र जिल्लाभरिको निर्वाचन हेर्न मुख्य निर्वाचन अधिकृत विनोदकुमार पोखरेल, निर्वाचन क्षेत्र नं २ मा सुशील देवकोटा, ३ मा योगनाथ ढकाल र ४ मा रमेश श्रेष्ठ मतदान अधिकृत तोकिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here