प्रस, वीरगंज, २२ असोज/
वीरगंजस्थित मुर्लीको प्रसिद्ध बौधीमाईको मेला सम्पन्न भएको छ । यो मेला श्रद्धालु भक्तजनहरूको विश्वासिलो स्थान हुन पुगेको छ । सो प्रसिद्ध मन्दिरको रूपमा स्थापित हुन पुगेको छ । लामो समयदेखि बौधीमाईको पूजा गरी मेला लगाउने गरिन्छ । यस पूजामा माईको डोला र कलश यात्रामा सयौंको सङ्ख्यामा भक्तजनहरूको सहभागितामा हरिहरनाथ मन्दिर, सातोमाई मन्दिर, ब्रह्मबाबाको पूजा गरी बौधीमाईको पूजा गर्ने गरिन्छ । यो मेला पुर्खौपुर्खादेखि लाग्ने गरेको छ ।
विगतका दिनमा सानो मेला लाग्ने गथ्र्यो तर अहिले बौधीमाईको पूजामा मुर्लीवासीमा आस्था र विश्वास बढ्दै गएकाले मन्दिरमा ठूलो पूजा र कलशयात्राको साथ भव्यरूपमा मेला लाग्ने गर्छ । यो मेलामा आउने श्रद्धालु भक्तजनहरूले पूर्ण श्रद्धापूर्वक मागेका इच्छा पूरा हुने जनविश्वास बढ्दै गएको दर्शनार्थीहरूले बताउँछन् ।
भाकल गरे अनुसार दर्शनार्थीहरूको सन्तानप्राप्ति, धनसम्पत्ति वृद्धि, सुखवैभव वृद्धि, आरोग्यता तथा सबैको कल्याण हुने जनविश्वास रहेको छ । मेलामा पिङ, कुश्ती र खानेपिउनेका साथै नानाथरीका खेलको व्यवस्था गरिन्छ । मेला बिहान ८ देखि बेलुका ६ बजेसम्म एकदिन लाग्ने गर्छ ।