प्रस, वीरगंज, ७ असोज/
नेपाल टेलिकम वक्र्स युनियन, प्रादेशिक कार्यालय, वीरगंजको ११औं प्रादेशिक अधिवेशन शुक्रवार वीरगंजमा शुरू भएको छ । वीरगंजको राणीसती धर्मशालामा आयोजित अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ ।
प्रादेशिक अध्यक्ष पुरन साहको सभापतित्वमा शुरू भएको अधिवेशनको उद्घाटन कार्यक्रममा प्रमुख अतिथि नेपाली काङ्ग्रेस पर्साका सभापति जनार्दन सिंह क्षत्रीले विगतको तुलनामा अहिले नेपाल टेलिकमको गुणस्तरीयतामाथि प्रश्नचिह्न खडा भएको बताए । कुनै पनि संस्थाको बलियो खम्बाको रूपमा रहेका कर्मचारीहरूले काममा इमानदारिता देखाएनन् भने सो संस्था धराशयी हुने बताए ।
उनले अधिकार लिनलाई एकजुट भए जस्तै संस्थाप्रतिको कर्तव्य निर्वाह गर्न पनि एकजुट हुन जरुरी भएको बताए । संस्था रहे कर्मचारीले जहिले पनि अधिकार पाउने भएकोले इमानदारीसाथ कार्य गर्न उनले आग्रह गरे ।
अधिवेशनमा नेपाल कारखाना श्रमिक सङ्घका राष्ट्रिय अध्यक्ष अमृतलाल जोशी, नेपाल टेलिकमका निर्देशक आनन्दप्रकाश मल्लिक, प्रबन्धक शालिकराम पराजुली, निमित्त प्रबन्धक उमेशकुमार साह, नेपाल टे«ड युनियनका लक्ष्मणप्रसाद कुर्मी, मौजेलाल साह, छोटेलाल प्रसाद, प्रदीपराज पाण्डे, नागेन्द्रप्रसाद यादवलगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन वीरेन्द्र न्यौपानेले गरेका थिए ।
मधेस प्रदेशका आठ जिल्लामा १७१ जना सदस्य रहेको युनियनको बन्दसत्र आज राति हुने नागेन्द्र यादवले जानकारी दिए ।