प्रस, वीरगंज, ७ असोज/
राष्ट्रिय खेलकूद प्रतियोगिता–२०७९ को लागि पर्सा जिल्लाबाट चेस खेलमा महिला र पुरुष तीन/तीनजना छनोट भएको मुख्य प्रशिक्षक रामकिशोर सिंह (पराग)ले बताए ।
असोज ३ गतेदेखि वीरगंजमा सञ्चालित चेस प्रतियोगितामा पुरुषतर्फ प्रदेशका २० जना र महिलातर्फ पाँचजना सहभागी भएका थिए । सहभागीमध्ये सप्तरीका मनोजकुमार विश्वकर्मा र महेशकुमार चौधरी क्रमशः प्रथम, द्वितीय भए भने सिराहाका उमेश साह सोनार तृतीय भए ।
यसैगरी, महिलातर्फ सिराहाकी सञ्जीता महतो, सर्लाहीकी कृपा कार्की र सिराहाकै रिभु सिंह क्रमशः प्रथम, द्वितीय र तृतीय भए ।
शुक्रवार सम्पन्न प्रतियोगिताको फाइनलमा महिला, पुरुषको छनोट भएको र उनीहरू गण्डकी प्रदेशमा हुने राष्ट्रिय खेलकूद प्रतियोगिता–२०७९ मा सहभागी हुने मुख्य प्रशिक्षक परागले बताए । चेस प्रतियोगिताको निर्णायकमा मुख्य प्रशिक्ष्Fक सिंहसहित मिसन सापकोटा, केदार कार्की, विजयी अधिकारी र सुबोध पौडेल थिए । प्रतियोगिताको फाइनल आज सम्पन्न भएको हो ।