प्रस, पंचगावाँ, ७ असोज/
पटेर्वासुगौली गाउँपालिका–४ गुदरबाबा मन्दिर प्राङ्गणमा शुभकामना कार्यक्रम सम्पन्न भएको
छ ।
नेपाल शिक्षक सङ्घ पटेर्वासुगौली गापा समितिले बडादशैं र शुभ दीपावलीको अवसरमा आयोजना गरेको शुभकामना कार्यक्रममा गापा अध्यक्ष दिनेशकुमार चौधरीले विद्यालय र शिक्ष्Fकमा विभेद नहुने प्रतिबद्धता जाहेर गरे । उनले आफ्नो गापालाई शिक्षामा नमूना गापा बनाउने अभियान रहेको र आफूबाट कुनै पनि किसिमको विभेदपूर्ण कार्य नहुने बताए ।
उपाध्यक्ष ममता महतोले शिक्ष्Fामा गापाले लगानी गरे अनुसारको प्रतिफल दिन शिक्षकहरूलाई आग्रह गरिन् ।
कार्यक्रममा नेपाल राष्ट्रिय माध्यमिक विद्यालय रङ्गपुरका निजी स्रोत शिक्षक सन्दीप पाण्डेले गापाले निजी स्रोत शिक्षकको पारिश्रमिक, तलब, भत्ता, दशैंभत्ता र पोशाकबापतको रकम नदिएको गुनासो गरे । उनले साउनदेखि अहिलेसम्मको तलबभत्ता नपाएको जानकारी गराए । पालिकामा २९ जना निजी स्रोतका शिक्षाक रहेको र उनीहरूप्रति स्थानीय सरकारले चासो नराखेको शिक्ष्Fक पाण्डेले गुनासो गरे ।
कार्यक्रममा वडाध्यक्ष वासु पञ्जियार, शिक्षा शाखा प्रमुख शम्भुप्रसाद साह, नेपाल शिक्षक महासङ्घ, पर्साका अध्यक्ष तीर्थराज यादव, नेपाल शिक्षक सङ्घ, पर्साका अध्यक्ष प्रदीप जैसवाल, नेपाल राष्ट्रिय माध्यमिक विद्यालय सुगौली दापका अवकाशप्राप्त प्रअ मोहन दास, राहत शिक्षक पर्साका अध्यक्ष श्याम घिमिरेलगायतको सहभागिता थियो ।
कार्यक्रम शिक्षक सङ्घ पटेर्वासुगौली गापा अध्यक्ष हरिराजप्रसाद यादवको अध्यक्षतामा भएको थियो ।