प्रस, वीरगंज, २ असोज/
वीरगंजमा डेंगुविरुद्धको सचेतना कार्यक्रम भएको छ । सामुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत वीरगंज महानगर, जिल्ला प्रशासन कार्यालय, वप्रका बिर्ता र ग्रीन सिटी सामुदायिक सेवा केन्द्रको संयुक्त आयोजनामा आइतवार रजत जयन्ती चोकदेखि वीरगंज बसपार्कसम्म डेंगुविरुद्धको सचेतना कार्यक्रम र सरसफाइ गरिएको हो ।
रजतजयन्तीदेखि बसपार्क क्षेत्रको बाइपास सडकखण्डबाट टायर, बोतल, डब्बाहरू नियन्त्रणमा लिएको केन्द्रका अध्यक्ष प्रकाश खेतानले बताए । चार ट्रक उक्त सामग्रीहरू पानी जमेको ठाउँबाट नियन्त्रणमा लिएको उनले बताए ।
कार्यक्रममा वीरगंज महानगरका सरसफाइ प्रमुख राजकृष्ण ताम्राकार, सर्फुद्दीन मियाँ, प्रहरी निरीक्ष्Fक विशाल मल्ल, नगरप्रहरी निरीक्ष्Fक हरि भुसाल, प्रहरी हवलदार प्रेम रामलगायतको सहभागिता थियो ।
यसअघि हिजो शनिवार आदर्शनगरमा डेंगुसम्बन्धी सचेतनामूलक कार्यक्रम गरिएको थियो । नगरप्रमुख राजेशमान सिंहको प्रमुख आतिथ्यमा दुई हजार पम्पलेट वितरण गरिएको र डेंगुसम्बन्धी सचेतनामूलक सूचना प्रसारण गरी नगरवासीहरूलाई सचेत गराइएको थियो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी उमेश ढकाल, सशस्त्र प्रहरी उपरीक्षक तेजप्रसाद पोखरेल, श्रीजङ्ग गणका सेनानी किशोर अधिकारी, प्रहरी नायब उपरीक्षक दीपक गिरी, वीरगंज युवा समाजका कमल चौगाई, व्यवस्थित वीरगंजका दिलीपराज कार्कीलगायतको सहभागिता थियो ।