- विश्वराज अधिकारी
अनुशासन
म अमेरिका सन् २००६ मा आएको हो । आएको केही वर्ष त अध्ययनमा नै व्यतीत भयो । अध्ययन समाप्त भएपछि भने जागीरको खोजमा यताउता भौंतारिएँ । अहिले भने म एक कलेजमा अध्यापन गर्दछु । तर यस लेखमा मैले मेरो बयान गर्न थालेको भने होइन ।
“दी अमेरिकन लाइफ” धारावाहिकमा आउने मेरा विभिन्न लेखहरूमा त्यस्ता प्रसङ्गहरूको चर्चा गर्ने छु, जसले नेपाली समाजलाई केही त्यस्ता विभिन्न नौला कुराहरू थाहा पाउने अवसर प्रदान गर्नेछन्, जसले नेपाली समाजलाई आर्थिक समृद्धिको दिशातर्फ अग्रसर हुन सहयोग पु¥याउनेछन् । त्यस्तो मैले आशा गरेको छु ।
अमेरिकीहरूले अति नै छोटो समयमा कसरी यति ठूला–ठूला आर्थिक प्रगतिहरू गरे ? कसरी विश्वको महाशक्ति राष्ट्र हुन सक्षम भए ? के कस्ता उपलब्धिहरूले अमेरिकीहरूलाई एक अति धनी राष्ट्रको नागरिकको दर्जामा पु¥याए ? के कस्ता उपलब्धिहरू हासिल गरेर अमेरिकीहरू विज्ञान र प्रविधिको क्षेत्रमा विश्वको एक अग्रणी राष्ट्रको नागरिक हुन पुगे ? यी प्रश्नहरू जति महŒवपूर्ण छन्, त्यत्तिकै महŒवपूर्ण यी प्रश्नहरूका उत्तरहरू पनि छन् ।
सर्वप्रथम त म अध्यापनको प्रसङ्ग उठाउन चाहन्छु । मैले नेपाल (काठमाडौं)का विभिन्न कलेजहरूमा (२०४८–२०६३) पन्ध्र वर्ष जति अध्यापन गरेको थिएँ । त्यसैअनुरूप यहाँ आएर पनि अध्यापन कार्यलाई नै प्राथमिकता दिएँ । र अध्यापनमा नै संलग्न भएँ ।
जब म पहिलोपटक अमेरिकाको एक कलेजको एक कक्षा कोठामा प्रवेश गर्न थालेको थिएँ, म अति नै हडबडिएको, चिन्तित र डराएको थिएँ । कुन किसिमले, कसरी पढाउने भन्ने चिन्ताले मलाई पोलिरहेको थियो । नेपालमा पनि, पहिलोपटक अध्यापनको सिलसिलामा, ललितपुर, लगनखेलस्थित एक कलेजको कक्षा कोठामा प्रवेश गर्दा यस्तै भएको थियो । नेपालमा कलेजको कक्षामा पहिलोपटक प्रवेश गर्दा मलाई भएको चिन्ताले भने मूर्तरूप लिएको थियो । अर्थात् म चिन्तित हुनुपरेको थियो, कक्षा कोठामा प्रवेश गरेपछि । मेरो पढाउने र मुख्यगरी बोल्ने शैलीलाई लिएर मलाई धेरै विद्यार्थीहरूले जिस्काएका थिए ।
म तराईमा जन्मे, हुर्केकोले मेरो नेपाली बोल्ने शैली काठमाडौंको भन्दा फरक हुनु स्वाभाविक थियो पनि । दिनहुँ, कक्षा लिने बेलामा, जब म ब्ल्याकबोर्डतिर फर्केर केही लेख्न थालेको हुन्थें, केही विद्यार्थीहरूले मलाई “भइगयो” “गइगयो” “अरे सुनिलिनुस्” “भनिलिनुस्” भन्दै मुख लुकाउँदै मलाई जिस्काउँथे । उनीहरूले मलाई त्यसरी जिस्काउने क्रम लामो समयसम्म चल्यो ।
मलाई केही सहकर्मी शिक्षकहरूले पनि मेरो भाषाप्रति लक्षित गर्दै जिस्काउँथे । विद्यार्थीहरूले मलाई कक्षा कोठामा त्यसरी जिस्काएको मैले त्यस बेला पनि बिर्सन सकेको थिइनँ, अहिले पनि बिर्सन सकेको छैन । मेरो मस्तिष्कमा ताजा नै छ । तर जब म अमेरिकाको एक कलेजको कक्षा कोठामा प्रवेश गरेर, पढाएर, जब पहिलोपटक कक्षाबाहिर निस्कें, मलाई अति नै हर्षको अनुभूति भयो । ममा कुनै चिन्ता थिएन । मैले अति शान्त वातावरणमा कक्षामा पढाउने कार्य सम्पन्न गरेको थिएँ । मेरो भाषाप्रति विद्यार्थीहरूले जिस्काउने वा आलोचना गर्ने कार्य गरेको थिएन । जबकि अमेरिकामा, एशियनहरूको अङ्ग्रेजी बोल्ने तरीका यहाँका मूल बासिन्दाभन्दा प्रायः ज्यादै नै पृथक किसिमको हुन्छ । अमेरिकाको कलेजमा, मैले मेरो अध्यापनको पहिलो दिन जुन अनुभव हासिल गरें, त्यस अनुभवले अमेरिकीहरूले अनुशासनको पालना कति व्यवस्थित किसिमले गर्छन् भन्ने कुरा छर्लङ्ग पारिदियो । अमेरिकामा घर परिवार, समाज एवं राजनीतिसमेतमा पनि अनुशासनको पालन कठोरताका साथ गरिन्छ । अनुशासनले यो देशलाई विश्वमा नै धनी हुन सहयोग पु¥याएको छ ।