• डा शिवशङ्कर यादव

सबैभन्दा प्रिमिटिभ संज्ञान स्पर्श हो । सबैभन्दा शक्तिशाली संज्ञान भिजन हो, किनभने देखेको कुरा प्रत्यक्ष हुन्छ । स्मरणशक्ति जगाउने सबैभन्दा मजबूत घ्राण हो किनभने गन्ध पु¥याउने स्नायुका केही तन्तु मेमोरी–सेन्टरमा पनि गएका हुन्छन् । घ्राण अथवा गन्ध नाकबाट लिइन्छ । त्यसैले आज हामी यसै नाकको वर्णन गर्न गइरहेका छौं । नाक मान्छेको जीवनमा कति महŒवपूर्ण छ भन्ने कुरा त यसैले थाहा हुन्छ कि नाकलाई हामीले आफ्नो इज्जत र अहङ्कारसँग पनि जोड्ने गर्छौं : तिमीले नाक राखी दिऔ, फलानाले नाक कटाइदियो, नाक राख्नुपर्छ, आदि इत्यादि कुरा दिनहुँ सुनिन्छ । यति मात्र होइन मानिसको जातीय वर्गीकरण पनि नाकको अनुसार गरिएको छ : ठाडो नाक आर्यहरूको, थेप्चो नाक मङ्गोलहरूको र कालो ठाडो नाकले निग्रोको वर्गीकरण गरिएको छ । शरीरक्रिया विज्ञानको अनुसार नाकले दुईटा काम गर्छ–श्वासप्रश्वास र गन्ध ग्रहण । नाकको तल्लो भागले श्वसनको र माथिल्लो भागले गन्ध ग्रहण गर्ने क्रिया सम्पादन गर्छ ।

नाक, आँखा र ओंठबीच गाँजा तान्ने चिलिमजस्तो उल्टो अवस्थित हुन्छ । फरक यति छ कि चिलमले मान्छे गाँजा तान्छ तर नाकले हावा तान्छ । यसको अतिरिक्त चिलममा एउटा मात्र प्वाल हुन्छ जबकि नाकमा दुईटा प्वाल हुन्छ । नाकको अधिकतम भाग कार्टिलेजले बनेको हुन्छ तर माथिल्लो भागमा दुईटा हाड आपसमा जोडिएको हुन्छ जसलाई नेजलबोन भनिन्छ जसले नाकको छत बनाउँछ । कार्टिलेज जोर्नीहरूमा पनि हुन्छ तर जोर्नीहरूको कार्टिलेजमा रिजेनेरेशन हुँदैन जबकि नाकको कार्टिलेज रिजेनरेट गर्न सक्छ । नाकको बीचैबीच हुने कार्टिलेजलाई नेजल सेप्टम भनिन्छ जसले नाकको प्वाललाई बFयाँ र दायाँ दुई भागमा बाँड्छ । तल दुवै भागको खुल्ने दुइटा प्वाल हुन्छ, जसलाई नेयर वा नोस्ट्रिल भनिन्छ । माथि नेजल कैभिटी नाकको छतमा खुल्छ । नोस्ट्रिलले घेरिएको भागलाई कोल्युमेला भनिन्छ । भित्रको कैभिटीमा तीनवटा उठेको भाग हुन्छ, जसलाई कोन्का वा सुपेरियर, मिडल र इन्फेरियर टर्बिनेट भनिन्छ । यसले नेजल कैभिटीको क्षेत्रफललाई बढाइदिन्छ । माथिको भाग विभिन्न छिद्रहरूबाट मुख, कान र आँखासँग जोडिएको हुन्छ । त्यसैले कुनै एकमा कुनै द्रव हाल्दा सबैतिर गएको महसूस हुन्छ । नाक साइनससँग पनि जोडिएको हुन्छ र साइनसको सिंगान नाक र मुख द्वारा बाहिर आउँछ । नाक, घाँटी र साइनसहरूमा सिलिया र म्युकसको कोटिङ हुन्छ । ब्याक्टेरिया, एलर्जी वा कुनै बाहिरी धूलकण भित्र गयो भने सिलियाले त्यसलाई आफूमा लपेटेर भित्र जान दिंदैन र केही भाग चुँडिएर  सिंगानको रूपमा बाहिर निकालिदिन्छ । टुटेको सिलियाको ठाउँमा नयाँ सिलिया बन्छ । यो प्रक्रिया निरन्तर जीवनभर चलिरहन्छ । यसरी नाकका तीन काम छन् : रेसपिरेशन, ओलफेक्सन र भित्र जाने हावाको कन्डिशनिङ । जब हावा नाकभित्र छिर्छ, तब नोस्ट्रिलमा मौजुद रौंहरूले हावामा भएको धूलकणलाई फिल्टर गर्छ, बाँकी बचेको धूलो र रोगाणुहरूलाई त्यसमा उपस्थित म्युकसले आफूमा लपेटेर राख्छ र सिंगानको रूपमा बाहिर निकालिदिन्छ ।

नाकको बिमारी : डेभिएटेड सेप्टम, जसले सास तान्न बाधा पु¥याउँछ तथा अपरेशन गरेर ठीक पारिन्छ, चोटपटक जसले नेजलबोन भाँचिन सक्छ,पोलिप जो लामो समय नाकको इन्फ्लेमेशनले हुन्छ तथा कन्जेशन आदि हो ।

गन्ध हावाका साथ फैलिन्छ, त्यसैले नाकले फोक्सोमा हावा पु¥याउने बेला गन्ध पनि महसूस हुन्छ । यसको लागि नाकको माथिल्लो भागमा ६ मिलियन स्मेल रिसेप्टर हुन्छ । जब हावा यहाँ आउँछ तब म्युकसमा घोलिएपछि मात्र गन्ध महसूस हुन्छ, किनभने जिभ्रोमा जस्तै यो पनि केमिकल रिसेप्टर नै हो । प्रचुर मात्रामा म्युकस बनिरहोस् । म्युकस निकाल्ने वोमैनग्रन्थिी पनि यहीं हुन्छ । यही म्युकसमा ओलफैक्टरी रिसेप्टर डुबेको हुन्छ, जुन वास्तवमा एउटा बाइपोलर नर्भ हो । बाइपोलर नर्भ मतलब एक्शनको दुवैतिर डेन्डराइट हुन्छ । काइँयोमा एकातिर कोर्ने प्रोजेक्शन हुन्छ । कुनैकुनै काइँयोमा दुवैतिर कोर्ने प्रोजेक्शन पनि हुन्छ । ठीक त्यस्तै यहाँ पनि हुन्छ । काइँयांको बीचको भाग एक्शन हो । त्यसबाट तल जाने प्रोजेक्शन वा नर्भ रिसेप्टर हुन्छ र म्युकसमा डुबेको हुन्छ । यसलाई रोड भनिन्छ । माथितिर जाने प्रोजेक्शन वा नर्भ वा डेन्डराइट इथम्वायड नामक हाडको क्रिव्रिफ्रोम प्लेट नामक रचनाबाट त्यसरी नै निस्केको हुन्छ, जसरी कुनै बल्बमा फिलामेन्ट निस्केको हुन्छ । यहाँ पनि नर्भ जाने संरचनालार्ई ओलफेक्टरी बल्ब नै भनिन्छ । त्यहाँ माइट्रल नामक सेल हुन्छ त्यससँग जोडिन्छ । यी दुवैको मिलन एक गोलाकार संरचना भित्र हुन्छ, जसलाई ओलफेक्टरी बल्ब ग्लोमेरूलस भनिन्छ । यस नर्भको आकार २ इनटु ०.१ माइक्रोन र यो ननमाइलेनेटेड हुन्छ । यहाँबाट निस्केर यो ओलफेक्टरी ट्रेक्टमा मिसिन्छ, अर्थात ओलफेक्टरी ट्रेक्ट बनाउँछ । लैटिनमा ट्रेक्तसेयरको मतलब तान्नु हुन्छ, अर्थात् गन्ध तान्नु । ओलफेक्टरी ट्रेक्ट स्कलको ओलपेक्टरी छिद्र भएर सिरेब्रल कार्टेक्सको ओलफेक्टरी कार्टेक्स नामक भागमा अन्त हुन्छ, जहाँ यो केमिकल संवेदना विद्युतीय संवेदनामा बदलिएर अमुक गन्धको इन्टरप्रेटेशन हुन्छ र हामी गन्ध महसूस गर्छौं । ओलफेक्टरी ट्रेक्टका केही तन्तु ब्रेनको हिप्पोकैम्पस नामक भागसम्क पनि यात्रा गर्छ । हिप्पोकैम्पसले नै स्मृति सञ्चय गर्ने काम गर्छ । यही कारण गन्धले स्मृति जगाएर पहिले कुनै पिकनिक वा बाल्यकालको कुनै घटनाको स्मरण गराउँछ । मानिसले ३५ प्रतिशत गन्ध, ५ प्रतिशत भिजन, २ प्रतिशत हियरिंग र १ प्रतिशत मात्र स्पर्श सम्झन सक्छ । ६५ प्रतिशत गन्ध एक वर्षसम्म याद रहन्छ । मानिसमा ६ मिलियन, कुकुरमा १०० मिलियन र हात्तीमा २०० मिलियन गन्ध रिसेप्टर हुन्छ । बिरालोमा यो ४५ देखि ८० मिलियन हुन्छ । सुगा, समुद्री चरा, डोल्फिन, ह्वेलले गन्ध थाहा पाउँदैनन् । ब्लडहाउन्ड जातको एउटा कुकुर हुन्छ जसमा ३०० मिलियन गन्ध रिसेप्टर हुन्छ, जसले ४० फिट जमीनमुनिको रगत पनि सुंघ्न सक्छ । हावाको दिशा अनुसार यसले २० किमी टाढैबाट कुनै पनि गन्धको सटीक सूचना दिन सक्छ । ओलफेसेयरको लैटिनमा अर्थ हुन्छ गन्ध लिनु । ओलफेक्शनको उपरोक्त सबै कुरा लिन्डा ब्राउन वक नामक एक अमेरिकी महिलाले पत्ता लगाएर व्याख्या गरी २००४ को नोबेल प्राइज जितिन् । उनी २९ जनवरी १९४७ मा सियेटल अमेरिकामा जन्मिन् र सियेटल रोजभेल्ट हाइस्कूलमा पढ्दाखेरी नै उनको रिपोर्ट कार्डमा उनको शिक्षकले लेखिदिएका थिए : यी कुनै दिन ठूलो बायोलोजिस्ट बन्नेछिन्, जुन सत्य साबित भयो । उनका पिता एक इलेक्ट्रिकल इन्जिनीयर थिए । डलास टेक्सासबाट उनले माइक्रोबायलोजी र साइकोलोजीमा पिएचडी गरेर ५४ वर्षको उमेरमैं हार्वर्डको पूर्ण प्रोफेसर भइन् र रिचार्ड एक्सेलसँग मिलेर आफ्नो काम अघि बढाइन र नोबेल पुरस्कारको हकदार भइन् ।

गन्धको वर्गीकरण : स्वाद र रङ्ग जस्तै गन्धको पनि कुनै सीमा छैन । तर मोटामोटी गन्धलाई नौ भागमा बाँडिन्छ– जसको नेपाली अनुवाद अलि नमिल्न पनि सक्छ : १. एरोमेटिक वा रेसिनस (मसालेदार) : कपुर, लेवेन्डर, ल्वाङ र अलमन्ड । २. एम्ब्रोसियल–दिव्य : कस्तुरी । ३.वर्निंग (डढेको दुर्गंध) : डढिरहेको प्वाँख, सुर्ती, कफी, मीट । ४. इथेरियल (स्वर्गिक) : फल, इथर, माहुरीको मोम । ५. फ्रैग्रेन्ट वा वालसेमिक – (औषधीय ) पुष्प, परफ्युम । ६. गार्लिक (तीखो) : लसुन, प्याज, सल्फर । ७. गोट गन्ध (बाख्राजस्तो) : कैप्रोइक एसिड, स्वीट चीज । ८. नौसिएन्टिङ (बान्ता लगाउने) : सडेको तरकारी, विभिन्न जनावर र मान्छेको मल । ९. रिपल्सिभ (टाढा भगाउने) : बेड बग आदि । यसबाहेक प्रत्येक मानिसको आआफनो प्राकृतिक गन्ध पनि हुन्छ । महिलाको यस गन्धलाई एन्डरोस्टाडिनोन र पुरुषको गन्धलाई एन्डरोस्टिनोल भनिन्छ ।

ओलफेक्टरी सेन्सेसनको थ्रेसहोल्ड  ईथाइल इथर : ५.८ मिलिग्राम प्रतिलिटर आफ एयर । क्लोरोफार्म : ३.३ मिली, पिपरमिन्ट : ०.०२ मिली, । ब्युटाइरिक एसिड : ०.००९ मिली, कस्तुरी : ०.००००४ मिली, मिथाइल मर्केप्टन : ०.००००००४ मिली प्रतिलिटर आफ एयर । यसको मतलब यो भयो कि मिथाइल मर्केप्टन अति न्यून मात्रामा पनि गन्ध फैलाउने सक्षम हुन्छ । त्यसैले यदि कुनै फैक्ट्रीमा ग्याँस लिक भयो भने ४ किमी टाढाबाटै महसूस गर्न सकिन्छ । भान्सामा ग्याँस लिक भयो भने धेरै टाढा बाथरूममा पनि थाहा हुन्छ ।

कोरोना लाग्दा गन्ध कम भएको देखियो । त्यसलाई हाइपोस्मिया भनिन्छ । त्यस्तै गर्भवती महिलालाई कुनै गन्ध बढी महसूस हुन्छ, त्यो हाइपरस्मिया हो । गन्ध पूरै महसूस नहुने एनोस्मिया हो । बिमारीहरूको वर्णन पछि ।

अस्तु !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here