संयुक्त राष्ट्रसङ्घ, २५ भदौ/सिन्ह्वा

आतङ्कवाद पीडितहरूलाई सहयोग सुदृढ गर्ने प्रतिबद्धताका साथ न्युयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा आतङ्कवाद पीडितहरूको पहिलो संयुक्त राष्ट्रसङ्घको ग्लोबल कङ्ग्रेस शुक्रवार सम्पन्न भएको छ ।

 “आतङ्कवादबाट पीडितहरूको अधिकार र आवश्यकता अगाडि बढाउने विषयमा भएको छलफलमा कङ्ग्रेसले आतङ्कवादको सामना गर्न र हिंसात्मक चरमपन्थ रोक्न पीडित–केन्द्रित दृष्टिकोण अँगाल्ने लक्ष्य राखेको, आयोजक संयुक्त राष्ट्रसङ्घको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

सो सम्मेलनमा विश्वका २५ देशका करीब १०० जना आतङ्कवाद पीडितहरूसहित ६०० भन्दा बढी सहभागी  उपस्थित थिए । प्रतिआतङ्कवादका उपमहासचिव भ्लादिमिर भोरोन्कोभले अध्यक्षको सारांशको प्रस्तुतीकरणको साथ कङ्ग्रेस सम्पन्न गरिएको थियो ।

आफ्नो टिप्पणीमा उपमहासचिव भोरोन्कोभले आतङ्कवादबाट पीडितहरूको अधिकार प्रवद्र्धन गर्न र उनीहरूको आर्थिक, कानूनी, चिकित्सा र मनोसामाजिक आवश्यकता अझ राम्ररी समर्थन गर्न तीन पक्षीय दृष्टिकोण  आवश्यक रहेको  बताएका थिए ।  

अध्यक्षको निष्कर्ष मन्तव्यले सन् २०२३ मा आतङ्कवादबाट पीडित हुनेहरूको संयुक्त राष्ट्रसङ्घ कार्यालयमा उपस्थितिको शुरूआतको पनि पूर्वानुमान गर्ने अFकलन गरिएको छ जसले पीडित, पीडित–सङ्घहरू र नागरिक समाजका विभिन्न सङ्गठनहरूलाई आतङ्कवादबाट पीडित र बाँचेकाहरूको अधिकारलाई अगाडि बढाउन एकसाथ ल्याउने विश्वास गरिएको छ ।

ग्लोबल कङ्ग्रेस आतङ्कवादबाट पीडित हुनेहरूलाई समर्थन गर्न र तिनीहरूको विश्वव्यापी एकता बलियो बनाउन महŒवपूर्ण र पहिलो कोसेढुङ्गाको रूपमा लिइएको छ । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here